सिन्धुपाल्चोकको बाढीमा चीन र भारतका नागरिकसहित १९ जना सम्पर्कविहीन

काठमाडौं । सिन्धुपाल्चोकमा मंगलबार राति आएको बाढीमा परी १९ जना सम्पर्कविहीन भएका छन् । जसमा तीनजना भारतीय नागरिक र तीनजना चिनियाँ नागरिक १३ जना नेपाली नागरिक रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार सम्पर्कविहीन हुनेहरुमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–६ का ५० वर्षीय च्याङा तामाङ, ४२ वर्षीया काली तामाङ, हेलम्बु–३ की ५० वर्षीया काली तामाङ, त्रिपुरासुन्दरी–१ का १९ वर्षीय विमल भनिने देव खत्री, १७ वर्षीय राम थापा छन् ।
यस्तै, त्रिपुरासुन्दरी–१ कै १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेशमलाल सार्की, हेमराज घिमिरे, भारतीय नागरिक कमललोचन महतो, विजय वासुमन्तरी, जिनडाओ वासुमन्तरी र चिनियाँ नागरिक सुन यु चुवान, युचि झु र गोङ टियान छियो छन् । प्रजिअ खनालले गोङ टियान छियो भने मृत फेला परेका छन् । उनले सम्पर्कबिहिन भएकाहरुको खोजीकार्य रहेको जानकारी दिए ।
















नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
Mahar named UML chief whip
पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया