कर्णालीमा एमाले न सत्ता पक्ष न प्रतिपक्ष
कर्णालीमा आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीमा यमलाल कँडेल

काठमाडाैं । नेकपा (एमाले) कर्णाली प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने तयारीमा लागेको छ । कर्णाली प्रदेशमा एमालेको एक्लै पूर्ण बहुमत रहेको छ । एमालेले कारबाही गरेका चार प्रदेश सभा सांसदलाई सर्वोच्च अदालतले पूनर्बहाली गरेपछि त्यहाँ एमाले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने तयारीमा लागेको हो ।
कर्णाली प्रदेशसभामा ३९ प्रदेशसभा सदस्य रहेका छन् । जसमा एमालेका सभामुखसहित २०, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ५ र राप्रपाका एक सांसद छन् । बहुमत हुनका लागि २० सांसदको आवश्यक पर्छ । एमाले एकढिक्का हुने हो भने उसलाई त्यहाँ बहुमत जुटाउन अप्ठ्यारो छैन ।
एमाले कर्णाली प्रदेश कमिटी इन्चार्ज तथा कर्णाली प्रदेश सभा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीका लागि तेस्रो पटक प्रयास गर्दै छन् । उनले यसअघि दुई पटक मुख्यमन्त्री बन्न खोजेका थिए । तर, त्यसबेला उनी सफल भएका थिएनन । अहिले पनि उनलाई मुख्यमन्त्री हुन त्यति सजिलो छैन ।
आफ्नो नेतृत्वमा सरकार गठनका लागि निर्णय लिन एमाले कर्णाली प्रदेश संसदीय दलको बठैक पटकपटक बसिरहेको छ । शुक्रबार पनि बैठक बस्ने भएको छ । तर, संसदीय दलको बैठकमा प्रदेश सरकारमा मन्त्री भएका तीन जना अनुपस्थित हुँदै आएकाले आफ्नो नेतृत्वमा सरकार बनाउन नसकिरहेको एमालेले जनाएको छ ।
माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारमा रहेका तीन जना मन्त्री एमालेको संसदीय दलको बैठकमा आए भने एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रक्रिया अगाडि बढाउने छ । एमालेले प्रदेश सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारबाही गरेको थियो ।
उनीहरुलार्ई सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि एमालेको एकल बहुमत पुगेको हो । संसदीय दलको बैठकमा ज्वाला सहभागी हुँदै आएका छन् । तर मन्त्री भएका तीन जना अनुपस्थित हुँदै आएका छन् । एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहीले एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहलकदमी चाले पनि माओवादी केन्द्रको सरकारमा रहेका तीन जना मन्त्री एमाले संसदीय दलको बैठकमा उपस्थित नभएकाले सरकार बनाउन गाह्राे भएको बताए ।
उनले भने, “सर्वोच्च अदालले पार्टीले कारबाही गरेका चार सांसद मध्ये एक सांसद संसदीय दलको बठैकमा आउनु भएको छ । बाँकी तीन जना सांसद आउनु भएको छैन । उहाँहरुलाई हामीले बैठकमा बोलाएका छौँ । शुक्रबार पनि संसदीय दलको बैठक बस्ने भएको छ । त्यसमा यसबारे थप छलफल हुन्छ ।”
तर, मुख्यमन्त्रीका दाबेदार कँडेलले अहिले मुख्यमन्त्री बन्नु भन्दा पनि पार्टीको विवाद मिलाउन तिर लागेकाे बताए । उनले पहिला पार्टीको विवाद मिलेपछि मात्रै नयाँ सरकार गठनको लागि सोच्ने बताए । पार्टीको विवदले अझै पनि मुख्यमन्त्री हुने कँडेलको सपना पुरा हुन त्यति सजिलो छैन ।
नेपाल पक्ष विपक्षी गठबन्धनमा सहभागी भएकाले कँडेललाई आफ्नो नेतृत्वमा सरकार गठन गर्न कठिन भइरहेको छ । उनलाई नेपाल पक्षका सांसदले साथ नदिने जस्तो देखिन्छ । तर, अन्य प्रदेशमा एमाले एक भएर गएकाले कर्णालीमा पनि एक हुने सम्भावना धेरै छ ।
कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पास गर्ने दिन कँडेलले एमाले नेपाल पक्षका चार सांसदलाई विपक्ष बेन्चमा बस्न निर्देशन दिएका थिए । तर, उनको निर्देशन नेपाल पक्षका सांसदले मानेका थिएनन् । नेपाल पक्षका सांसद प्रदेश सभाको बैठकमा अनुपस्थित भएपछि कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको थियो ।

हरि भट्ट
मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।
















उदयपुरमा चार हजार ४३८ बालिकालाई एचपिभी खोप लगाइँदै
‘Good sense’ hailed as blockbuster Pakistan-India match to go ahead
रामेछाप तामाकोशी बस दुर्घटना : ४ जनाको मृत्यु, उद्धार कार्य जारी
Two Killed in Latest US Anti-Drug Strike in Eastern Pacific
Slight increase in gold, silver prices
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया