संघ र प्रदेश सरकारबाट बाढी पीडितलाई सहयोग

लमजुङ । केही दिन अघि दोर्दी खोलामा आएको बाढी पहिराले घर बगाएर बाढी पीडित भएकाहरुलाई सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारबाट आर्थिक तथा सामग्री सहयोग भएको छ ।
लमजुङ दोर्दी गाउँपालिका-८ हिलेबजारका बाढी पीडित १८ परिवालाई सङ्घीय सरकारको केन्द्रीय विपद् व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्रतिपरिवार १० हजार र प्रदेश सरकारले प्रतिपरिवार डेढ बन्डल जस्तापाता सहयोग गरेको हो । सो सहयोग गण्डकी प्रदेशका नवनियुक्त बिना विभागीय मन्त्री मधुमाया अधिकारी गुरुङले पीडितहरुलाई हस्तान्तरण गर्दै आवास पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग पहल गर्ने र प्रदेश सरकारले पनि सहयोग गर्ने बताइन् ।
प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले सङ्घीय, प्रदेश र स्थानीय तीन वटै सरकारले पुनर्निर्माणका लागि सहयोग गर्ने बताए । दोर्दी गाउँपालिका प्रमुख ओमबहादुर गुरुङले बाढी पीडित समुदायलाई थप सहयोग गर्न सङ्घीय तथा प्रदेश सरकारसँग आग्रह गरे ।
गत आइतबारदेखि परेको वर्षासँगै आएको बाढीले १८ घर बगाएको छ भने ६० घरपरिवार विस्तापित भई हाल फलेनी माविमा बसिरहेका छन् । बाढीले यहाँ आवतजावत गर्ने सबै बाटो तथा पुल क्षतविक्षत गर्दा थप समस्या भएको छ । रासस










जनकपुर बोल्टसले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य
दुई महिनामा सात अर्ब ३६ करोडको मालवस्तु आयात
काभ्रेमा थपिए पाँच हजार मतदाता
सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया