आइतबार, वैशाख ७, २०८२

युरोकपमा आज तीन खेल हुँदै, कुन टिमविरुद्ध कुन खेल्दै

मेरोन्यूज २०७८ असार ४ गते १३:१०

काठमाडौँ । युरोकप फुटबलमा आज शुक्रबार साँझ ६ः४५ बजेदेखि तीन खेलहरू हुने भएको छ । आज हुने पहिलो खेलमा स्विडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’मा रहेको दुई टिमबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो भने स्विडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । स्लोभाकिया समूहको शीर्ष स्थानमा रहेको छ भने स्विडेन १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल बराति ९ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो भने चेक रिपब्लिकले स्कटल्याण्डलाई २–० ले हराएको थियो । क्रोएसिया समूहको तेस्रो स्थानमा रहेको छ भने चेक रिपब्लिक ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।

यस्तै, आज हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्ड भिड्ने छन् । इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई हराएको थियो भने स्कटल्याण्ड चेक रिपब्लिकसँग स्तब्ध भएको थियो । अंकविहीन स्कटल्याण्ड पुछारमा रहेको छ । एजेन्सी

प्रतिक्रिया