दाङमा दुई घटना, दुईको मृत्यु
दाङ । देउखुरीमा सर्पको डसाइबाट आज एक बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका–७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहोराको मृत्यु भएको लमही अस्पतालले जनाएको छ ।
सर्पको डसाइबाट अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पताल ल्याइए पनि उनलाई अस्पतालमा ल्याएको केही क्षणमै चिकित्सकले मृत घोषणा गरेका थिए । बिहान साढे ७ः०० बजे गोठमा पराल लिन गएको समयमा गोमन सर्पले डसेको उनकी आमा सरिता बोहराले बताए ।
यसैबीच ट्र्याक्टरको ठक्करबाट गएराति जिल्लामा एक पैदलयात्रुको मृत्यु भएको छ । तुलसीपुर–घोराही सडक खण्डको कपासेबगिया भन्ने ठाउँमा रा१त ३२६९ नंको ट्र्याक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेका घोराही उपमहानगरपालिका–१६ का ४७ वर्षीय खलसिंह विकको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए। ठक्कर दिने ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिइसकेको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए । रासस










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
प्रतिक्रिया