संघीयता बलियो बनाउने काम गरे सरकारलाई सहयोग गर्छौं : गुरुङ

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले संघीयतालाई बलियो बनाउने गरी सरकारले काम गरे आफूले सरकारलाई सहयोग गर्ने बताएका छन् ।
गण्डकी प्रदेश सभामा बोल्दै उनले संघीयतालाई बलियो बनाउने काम गरे सरकारलाई सहयोग गर्ने बताए । आज गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिदैछन् । उनले विश्वासको मत प्रदेशसभामा प्रस्ताव राखेका छन् । उक्त प्रस्तावमाथिको छलफलमा बोल्दै उनले भने, भोलि केन्द्रमा तपाईंहरुको सरकार बन्न सक्छ । त्यो बेला पनि संघीयतालाई बलियो बनाउन आवाज उठाउन सक्नुपर्छ ।
संघीयतालाई बलियो बनाउन यो सरकार डटेर लाग्छ भने एमाले हरहमेसा सहयोग गर्न तयार छ ।’ उनले संघीयता कार्यान्वयनमा काठमाडौंका नेताहरुको मानसिकतामा समस्या रहेको बताए । उनले शासकीय क्षमता र सिस्टम भत्काउन खोजे डटेर प्रतिवाद गर्ने बताए ।
पोखरेलले मुख्यमन्त्रीप्रति सद्भाव रहेको भन्दै अवसरवादी दलहरुको गठबन्धनको सरकार बनेकोले समर्थन गर्न नसकिने बताए ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया