राजनैतिक मुद्दा बोकेर निर्वाचन आयोगमा दलहरू

काठमाडौँ । विभिन्न राजनैतिक मुद्दा बोकेर राजनीतिक दलहरू निर्वाचन आयोग पुगेका छन् । आज शुक्रबार सत्तारुढ दल नेकपा एमाले बनेको पूर्व माओवादीका नेताहरू, नेकपा माओवादी केन्द्रका नेताहरू र जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोग पुगेका हुन् ।
माओवादी छाडेर एमाले बनेका नेताहरू निर्वाचन आयोग पुगेर आगामी निर्वाचनबारे आयोग पदाधिकारीसँग छलफल गरेका थिए । सरकारले आगामी कार्तिक २६ गते र मंसिर ३ गतेका लागि दुई चरणमा निर्वाचन मिति तोकेको छ ।
यस्तै, माओवादीका नेताहरूले स्थानीय तहमा आफ्नो पार्टी छाडेर अरू दलमा समावेश भएका नेता तथा जनप्रतिनिधिहरूको नामावली प्रकाशित गरिदिन आयोग पुगेको हो ।
माओवादी छाडेर एमाले बनेका पूर्वमन्त्री टोपबहादुर रायमाझी र प्रभु शाहलगायत नेताहरू आयोग पुगेका थिए । उनीहरूले आयोग पदाधिकारीसँग निर्वाचनका बारेमा छलफल गरेका हुन् ।
उनीहरू आयोगबाट बाहिरिएसँगै माओवादी केन्द्रका नेता लीलामणि पोखरेल र दिनानाथ शर्मालगायत नेताहरू आयोग पुगेका थिए । उनीहरूले माओवादी छाडेकाहरूको नामावली सार्वजनिक गर्नबारे आयोग पदाधिकारीसँग छलफल गरेका हुन् ।
स्थानीय तहमा पार्टी छोडेर अन्यत्र गएकाहरुलाई पार्टीले कारबाही गरे पनि आयोगले सुचना जारी नगरेसम्म पद खाली नहुने व्यवस्था रहेको छ । माओवादी नेता लिलामणि पोखरेलले माओवादी केन्द्रबाट स्थानीय निर्वाचन जितेका मेयर उपमेयर र वडाध्यक्षहरू अरु पार्टीमा लागेको बताए ।
एमाले र माओवादीका नेता आयोगबाट निस्केलगत्तै जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू आयोग पुगेका थिए । पार्टीभित्र देखिएको विवाद समाधान नहुने भएपछि उनी पार्टीको आधिकारिकता दाबी गर्न आयोग पुगेका हुन् । यस्तै, उनले जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई गरेको कारबाही अनुमोदनबारे समेत आयोगका पदाधिकारीसँग छलफल गरेका थिए ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रतिक्रिया