गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत
खसेको कूल ५८ मतमध्ये मुख्यमन्त्री पोखरेलले ३१ मत पाए

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । गण्डकी प्रदेशमा आज बसेको बैठकमा ५८ जना सांसद सहभागी भएका थिए । जसमा पोखरेलले ३१ सांसदको मत पाएका हुन् ।
गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका उनले आज विश्वासको मत लिएका हुन् । नेकपा एमालेका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासकाे मत नपाएर पदबाट बाहिरिएसँगै गठबन्धन पक्षबाट पोखरेल मुख्यमन्त्री बनेको थिए ।
मुख्यमन्त्री बन्नका लागि पोखरेललाई आफ्नो पार्टी नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदले साथ दिएका हुन् । उनको पक्षमा नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित ११, राष्ट्रिय जनमोर्चाको २ र जनता समाजवादी पार्टीको २ र स्वतन्त्र सांसद १ गरी कूल ३१ मत पाएका हुन् । यस्तै, विपक्षमा २७ मत खसेको छ ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान रहेको पनि उनले आज विश्वासको मत लिएका थिए ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया