गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत
खसेको कूल ५८ मतमध्ये मुख्यमन्त्री पोखरेलले ३१ मत पाए

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । गण्डकी प्रदेशमा आज बसेको बैठकमा ५८ जना सांसद सहभागी भएका थिए । जसमा पोखरेलले ३१ सांसदको मत पाएका हुन् ।
गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका उनले आज विश्वासको मत लिएका हुन् । नेकपा एमालेका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासकाे मत नपाएर पदबाट बाहिरिएसँगै गठबन्धन पक्षबाट पोखरेल मुख्यमन्त्री बनेको थिए ।
मुख्यमन्त्री बन्नका लागि पोखरेललाई आफ्नो पार्टी नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदले साथ दिएका हुन् । उनको पक्षमा नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित ११, राष्ट्रिय जनमोर्चाको २ र जनता समाजवादी पार्टीको २ र स्वतन्त्र सांसद १ गरी कूल ३१ मत पाएका हुन् । यस्तै, विपक्षमा २७ मत खसेको छ ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान रहेको पनि उनले आज विश्वासको मत लिएका थिए ।














बर्जु दुर्घटना पीडित परिवारलाई १२ लाख क्षतिपूर्ति
रुकुममा सनासो प्रहार गरी श्रीमतीको हत्या
कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने
घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
प्रतिक्रिया