कोरोना संक्रमणबाट भारतका धावक सिंहको निधन
मेरोन्यूज
२०७८ असार ५ गते १३:३२

काठमाण्डौँ । कोरोना भाइरसको संक्रमणबाट भारतका धावक मिल्खा सिंहको निधन भएको छ । कोरोना संक्रमण भएपछि उनको चण्डीगढ अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनलाई मे २० मा कोरोनाको संक्रमण भएको थियो । जुन ३ तारिखमा अस्पताल भर्ना भएका उनलाई जुन १३ तारिखसम्म आइसीयूमा राखिएको थियो । ९१ वर्षका सिंहको उपचारकै क्रममा ज्यान गएको हो ।
सिंह स्वतन्त्र भारतका पहिलो धावक थिए । उनले १९६० मा कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति शोक व्यक्त गरेका छन् ।
सम्बन्धित









सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
आज पनि बढ्यो सुनको मूल्य
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया