कोरोना संक्रमणबाट भारतका धावक सिंहको निधन
मेरोन्यूज
२०७८ असार ५ गते १३:३२

काठमाण्डौँ । कोरोना भाइरसको संक्रमणबाट भारतका धावक मिल्खा सिंहको निधन भएको छ । कोरोना संक्रमण भएपछि उनको चण्डीगढ अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनलाई मे २० मा कोरोनाको संक्रमण भएको थियो । जुन ३ तारिखमा अस्पताल भर्ना भएका उनलाई जुन १३ तारिखसम्म आइसीयूमा राखिएको थियो । ९१ वर्षका सिंहको उपचारकै क्रममा ज्यान गएको हो ।
सिंह स्वतन्त्र भारतका पहिलो धावक थिए । उनले १९६० मा कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति शोक व्यक्त गरेका छन् ।
सम्बन्धित
















बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण
फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
Helicopter mishap in Khotang: Six rescued and brought to Kathmandu
खोटाङ हेलिकप्टर दुर्घटना : पाइलटसहित ६ जना घाइते
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया