सोमबार, चैत २३, २०८२

घुस लिँदै गर्दा अधिकृत पक्राउ

मेरोन्यूज २०७८ असार ६ गते १६:१५

काठमाडौँ । घुस लिएको आरोपमा सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेल पक्राउ परेका छन् । सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका सव डिभिजन वन कार्यालयमा कार्यरत उनलाई फर्निचर उद्योगमा चिरानका लागि ल्याएको काठको सम्बन्धमा’ अनुसन्धान हुँदा कागजात तयार गरी मिलाउने उक्त रकम लिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया