सुदूरपश्चिम सरकारविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सुदूरपश्चिम प्रदेश सरकार संविधान विपरित मन्त्रीको संख्या भएको भन्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।
उक्त रिटको न्यायाधीश दीपककुमार कार्की र कुमार रेग्मीको आइतबार बसेको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले संविधानको धारा १६८ (९) को विषय समावेश भएकाले तत्काल अन्तरिम आदेश जारी गर्नु नपर्ने बताएको छ ।
सुदूरपश्चिममा प्रदेशसभा संख्याको २० प्रतिशतभन्दा बढी मन्त्री रहेको भन्दै कमलसिंह राना, अपेक्षा निरौला र सुरेश रोकायाले रिट दायर गरेका थिए । रिटमा ५२ सदस्यीय प्रदेशसभामा ११ सदस्यीय मन्त्रिपरिषद बनाउनु संविधानको धारा १६८ विपरीत हुने जिकिर गरिएको थियो ।
गत आइतबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले सुदूरपश्चिम प्रदेश सरकारसँग त्यसबारे लिखित जवाफ मागेको थियो ।
















निखिल उप्रेती भन्छन् – कलाकारितामै रमाउँछु, राजनीतिमा आउँदिन
बङ्गलादेश : जोखिमयुक्त मतदान केन्द्रमा कडा सुरक्षा
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
प्रहरी हवल्दारको हत्याको अभियोगमा ३ जना पक्राउ, ४ फरार
सेयर बजारमा लगातार तेस्राे दिन गिरावट
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया