यती समूह पोस्ने ‘कार्य नीति संशोधन’ कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले निकुञ्ज र आरक्षको भित्रि भागमा विद्युत उत्पादन गर्न पाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । गत जेठ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले निकुञ्ज र आरक्षभित्र पनि विद्युत उत्पादन गर्न पाउने निर्णय गरेको थियो ।
सोही निर्णय कार्यान्वयन नगर्न, नगराउन सरकारका नाममा अदालतले अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजालासले संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण एवं सञ्चालनसम्बन्धी नगराउन अन्तरिम आदेश दिएको हो । संरक्षित क्षेत्रमा भौतिक संरचना निर्माणबारे भौतिक पूर्वाधारहरुको निर्माण एवं सञ्चालन सम्बन्धी कार्यनीति, २०६५ दफा ५ मा उल्लेख गरिएको छ ।
मन्त्रिपरिषद बैठकको निर्णय खारेज माग गर्दै अधिवक्ता विज्ञानसिंह विष्टले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । आदेशमा निकुञ्ज, आरक्षभित्र त्यसरी विद्युत् उत्पादन गर्न दिँदा निकुञ्ज ऐनविपरीत हुने र वन्यजन्तु संरक्षणको संवेदनशीलतालाई असर पर्ने उल्लेख गरिएको थियो ।
तत्कालीन वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले यति समूहको यती वर्ल्ड इन्भेस्टमेन्ट कम्पनी प्रालिका लागि मन्त्रिपरिषदबाट कार्यनीति नै संशोधन गराएका थिए । यससँगै यती समूहले लामटाङ निकुञ्जको भित्रि भागमा विद्युत् उत्पादनको अनुमति पाएको थियो । यतीले लामटाङ निकुञ्जको भित्रि भागमा विद्युत् उत्पादन गर्न प्रक्रिया अघि बढाएको थियो ।
















दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो
दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
गाजा युद्ध पछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया