आइतबार, माघ ४, २०८२

आजको राशिफल : आषाढ ७ गते सोमबार

मेरोन्यूज २०७८ असार ७ गते ६:३४

आज २०७८ साल आषाढ महिनाको ७ गते सोमबार, ज्येष्ठ शुक्लएकादशी तिथि । आज निर्जला एकादशी व्रत रहेको छ भने आज तुलसीको विज राख्ने दिन रहेको छ ।

मेष
बोलीको प्रभाव हुने हुँदा अरुबाट गराउनु पर्ने कामको प्रभावकारीता बढ्ने छ । आम्दानीमा केही बृद्धि हुने छ । तर बोलीमा आउने कडापनले बेला बेलामा झैझगडामा पार्ने हुँदा संयमित रहनु होला । मनोमलमा कमि आउने भएकाले दृढ भएर काम गर्ने प्रयास गर्नु होला । विकासका कामहरु, निर्माण, ठेक्कापट्टा, श्रमिक क्षेत्र, हेलिकोप्टर सेवा जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।

वृष
चलाख व्यक्तित्व हुने छ । व्यवस्थापकीय क्षमता बढोत्तरी हुने छ, यसले गरिरहेका काममा सफलता दिने छ । रिस भने कडा हुने भएकाले संयमित रहने प्रयास गर्नु होला । दुविधात्मक मन हुने हुनाले निर्णयमा अन्योलता उत्पन्न हुने छ । वाणिज्य, ब्यापार विजनेश क्षेत्रमा रहेकाहरुलाई समय अनुकुल रहेको छ । शिक्षा, शैक्षिक संस्था, अध्यापन, शिक्षण जस्ता पेशामा आवद्धहरुलाई अनुकुल रहने छ ।

मिथुन
व्यक्तित्वमा निखारता आउने छ । पारीवारिक जीवनमा भने कलह र द्वन्द चर्कने भएकाले संयमित रहनु होला । भाग्यको साथ नभएकाले आँटेका काम पुरा हुनका लागि बाधा व्यवधानहरु अत्याधिक देखिने छ । पेशागत जीवन औसतमा स्थिरता तर्फ नै ढल्कने छ । मेहनत र पराक्रमी स्वाभावमा केही बृद्धि हुने छ ।

कर्कट
मनोबलमा कमि हुने हुँदा भित्रि मनमा पटक्कै आँट आउने छैन् । दृढताको अभावमा निर्णय क्षमतामा भारी गिरावट आउने छ । बोलीमा भने नरमपना आउने छ । साझेदारीमा गरिएका काममा बिबाद देखा पर्न जाने छ । पैतृक सम्पत्ति वा आफैले सञ्चित गरेको धन सम्पत्ति नोक्सानी हुने समय रहेकाले ध्यान दिनु होला । समय सतर्क रहनु पर्ने खालको छ ।

सिंह
सकारात्मक समय सक्रिय रहेको छ । पेशागत जीवनमा उन्नति हुने छ । आफ्नो लक्ष्यप्रति प्रतिवद्ध रहने बानी हुने छ । व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुन जाने छ । आत्मबल बलियो हुने हुँदा कठिनाईसँग जुध्ने र पार पाउने तागत प्राप्त हुने छ । साझेदारीमा गरिएका काममा भने द्वन्द चर्किने छ ।

कन्या
नरम स्वाभावको व्यक्तित्व हुने भएकाले सबैसँग मिल्ने स्वाभाव हुने छ । भाग्यको साथ रहेकाले उन्नति प्रगति हुनेछ । दाम्पत्य जीवनमा भने कटुताका मात्रा देखिने भएकाले यसबारेमा सतर्क रहनु होला । आम्दानीमा अपेक्षा गरेको जस्तो प्रतिफल भने प्राप्त नुहने भएकाले निराश नभई अघि बढ्दै रहनु होला । साझेदारीमा गरिएका काममा पनि समस्या देखा पर्ने छन् ।

तुला
शितल खालको ब्यक्ति हुने भएकाले अरुको मन जित्न सकिने छ । व्यवस्थापकीय भूमिकामा गिरावट आउने छ । पेशागत जीवनमा विभिन्न समस्याहरु देखा पर्न पुग्दा तनाव उत्पन्न हुने छ । बोली प्रधान पेशा, शिक्षा क्षेत्र, शिक्षण, अध्यापन, वाणिज्य, व्यवस्थापन आदीमा आवद्धहरुलाई समय प्रतिकुल देखिन्छ ।

वृश्चिक
भाग्यको साथको अभावले गर्दा कमजोर मनोवल भएको व्यक्तित्व बन्ने छ । मनमा दुविधाले असाध्यै सताउने हुँदा आफै प्रतिको भरोषामा अविश्वास देखा पर्ने छ । समय धैर्य हुनु पर्ने रहेको छ । साझेदारीमा गरिएका काममा नोक्सानी व्योहर्नु पर्ने छ । होटल, रेष्टुरेण्ट, सेक्युरिटी सेवा, डान्सबार, वाउन्सर आदीमा सहभागिहरु धैर्य हुनु पर्ने समय छ ।

धनु
भावनात्मक हिसावले आम्दानीको क्षेत्रमा अघि बढ्न खोजेता पनि शारीरिक स्वास्थ्य र मनोबलले साथ दिने छैन् । शरीरमा निकै कमजोरीहरु देखा पर्ने छन् । जसले गर्दा आलश्यताले सताउने छ । छोटो छोटो यात्रा गर्नु पर्ने बाध्यात्मक अवस्था आउने छ । पारीवारिक साथ मिल्ने छ । जलविद्युत, पानीको आपूर्ति जस्ता पेशामा आवद्धहरुलाई समय प्रतिकुल छ ।

मकर
मनमा दृढता बढ्ने छ । कसैले पनि हेप्न सक्ने छैनन् । व्यक्तित्वमा पनि निखारता आउने छ । तर रिसको मात्रा अति धेरै हुने भएकाले यसबारेमा विवेक पुर्याउनु होला । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्न जाने छन् । प्रतिष्पर्धात्मक स्वाभाव हुने हुँदा अप्ठ्यारोमा पनि गर्न सक्छु भन्ने भावना कायम रहने छ ।

कुम्भ
बौद्धिकतामा वृद्धि भए अनुसार व्यवहारिक अवस्था नहुँदा नैराश्यता देखा पर्न जाने छ । जसले गर्दा प्रतिष्पर्धात्मक क्षमतामा ह्रास आउने छ । औषधी, ठेक्कापट्टा, सर्जिकल सामानको आपूर्ति, लत्ता कपडा जस्ता क्षेत्रमा कार्यरतहरुलाई केही फाइदा मिल्ने छ । उद्योग, कलकारखाना, श्रमिक वर्गा, निर्माण जस्ता क्षेत्रमा सक्रियहरुलाई समय चुनौतिपूर्ण रहने छ ।

मीन
धैर्य हुने प्रयास गर्नु होला । मनमा निराश भाव बढि आउने भएकाले सकारात्मक दृष्टिकोणलाई बढावा दिने प्रयास गर्नु होला । विशेष गरी चिसोबाट र पानीबाट जोगिनु होला । आम्दानीमा अलिकति बृद्धि हुन पुग्ने छ । धन सम्पत्ति नोक्सानी हुने चुनौतिपूर्ण समय रहेकाले सतर्क रहनु होला ।


(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

प्रतिक्रिया