टिपरको ठक्करबाट कांग्रेस नेतासहित २ जनाको मृत्यु
काठमाडौँ । मोरङको सुन्दरहरैचामा टिपरको ठक्करबाट कांग्रेस नेतासहित दुई जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
आइतबार राति पौने ८ बजे भएको दुर्घटनामा धनकुटा पाख्रिबासका ५० वर्षीय कृष्णबहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालिका ४ का अन्दाजी ३५ वर्षीय दीपु शाहको मृत्यु भएको हो ।
थापा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव हुन् । यस्तै, मृत्यु हुने शाह बेलबारीस्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी रहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा थापाका भाइ २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विराटनगरको विराट नर्सिङ होम रेफर गरेको छ ।
दुर्घटनामा परेको को ३६ प ५९७९ नम्बरको मोटरसाइकलका कृष्णबहादुरले चलाएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
टिपरले विपरीत दीशातर्फ आउँदै को ३६ प ५९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शाह सवार २९ प ९५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
दुर्घटनापछि टिपरसहित त्यसका चालक फरार छन् । टिपरको नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ ।
















इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया