सरकारमा सहभागी जसपा लुम्बिनीका सांसदको मुद्दा पूर्ण इजलासबाट सुनाई हुने

काठमाडौँ । पार्टीले कारबाही गरेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशका प्रदेशसभा सांसदको मुद्दा पूर्ण इजलासबाट सुनाई हुने भएको छ । पार्टीको निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै जसपाका चार सांसदलाई कारबाही गरिएको थियो ।
त्यसविरुद्ध उनीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । आज त्यसको सुनाई गर्दै न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले लुम्बिनी प्रदेशसभा सांसदहरुको रिट पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो ।
जसपा कार्यकारिणी समितिको निर्णयअनुसार संसदीय दलको पत्रका आधारमा लुम्बिनी प्रदेश सभाले प्रदेश सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेश सभा सदस्यबाट निष्कासन गरेको थियो । माओवादी केन्द्र, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल सरकार ढाल्ने भन्दै वैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
जसपा महन्थ ठाकुर पक्षका ३ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । तर, पछि मुख्यमन्त्री शंकर पोखरेलले ३ सांसदलाई मन्त्री र एकजनालाई राज्यमन्त्री नियुक्त गरेका थिए ।











एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ४० अर्ब रुपैयाँ खिच्ने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
प्रतिक्रिया