ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
मेरोन्यूज
२०७८ असार ८ गते १०:००

बलेवा । बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका–३ रातमाटामा ध १ च ८३ नम्बरको ट्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो ।
आज बिहान ६ बजे ट्याक्टर अनियन्त्रित भई सडकबाट खसेको चालकलाई उदृत गर्दै प्रहरीले बताएको छ । ट्याक्टरले च्यापिएर घाइते भएका सहचालक विकलाई चालकले धवलागिरि अस्पताल ल्याएका थिए ।
उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
सम्बन्धित








एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रवि लामिछाने आज नछुट्ने
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया