मेलम्ची बाढीपीडितकाे स्वास्थ्य परीक्षण, २२० जना महिलालाई स्वास्थ्य सामग्री हस्तान्तरण
मेरोन्यूज
२०७८ असार ८ गते १३:२८

काभ्रे । मेलम्चीका बाढी प्रभवितको स्वास्थ्य परीक्षण गरिएको छ । एक नर्सिङ विद्यार्थी समुहले मेलम्ची र इन्द्रावति नदीमा आएको बाढी प्रभावित भइ आन्द्रेश्वरी उच्च माविमा आश्रय लिइरहेको दुई सय २० जना महिलाको स्वास्थ्य परीक्षण र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

अनिता बस्नेत नेतृत्वको ६ सदस्यीय नर्सिङ विद्यार्थीले स्वास्थ्य परीक्षण र स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

नर्सिङ विद्यार्थी बस्नेतले स्यानिटरी प्याड, ग्लुकोज, जीवनजल र तीन प्रकारका औषधि लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको जानकारी दिइन् ।
विभिन्न सहयोगी हातहरूबाट संकलित रकमबाट स्वास्थ्य सामग्री खरिद गरिएको उनले बताइन् ।
सम्बन्धित







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया