ललितपुरमा भोलि कोरोनाविरुद्धको खोप दिँदै, यी स्थानलाई तोकियो केन्द्र

काठमाडौँ । ललितपुर महानगरपालिकाका दुई हजार ५ सय जनालाई बुधबार दोस्रो मात्राको कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाइने भएको छ ।
कार्यालयले पहिलो मात्राको कोभिड शिल्ड खोप लगाएकामध्ये दुई हजार २२० जना ७७ वर्ष उमेरमाथिका तथा सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी एवं स्वास्थ्य स्वयं सेवक २८० जनालाई बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइने जनाइएको छ ।
लगनखेलको पशु सेवा केन्द्र, पाटन हाइस्कूल, महानगरपालिका प्रांगण, धापाखेल स्वास्थ्य चौकी, सुनाकोठीस्थित बालकुमारी विद्यालय, खोकना, बुंमतीक्षेत्रअन्तर्गत कार्यविनायक विद्यालय तथा हरिसिद्धि र सैँबु स्वास्थ्य चौकीमा खोप लगाउन आउने व्यक्तिले पहिलो मात्रा लगाएको पत्रका साथै उमेर खुलेको प्रमाण कागजसमेत अनिवार्य लिएर आउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जारी गरेको सूचनामा जनाइएको छ ।
मुलुकमा फैलिरहेको कोरोना महामारीलाई ध्यानमा राख्दै महानगरले सम्बन्धित वडाबाट प्राप्त सिफारिस नामावलीका आधारमा कुपनको व्यवस्था गर्ने तथा स्वास्थ्य मापदण्ड पालना गराई खोप कार्यक्रममा सहभागी गराउने सूचनामा जनाइएको छ ।










महाधिवेशन राेक्न खाेजे विशेष महाधिवेशन हुन्छ : गगन थापा
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया