सर्वोच्चको आदेश चित्त बुझ्दो छैन : जसपा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतको आदेश चित्त बुझ्दो नभएको बताएका छन् । अदालतले जसपाका ११ सहित २० मन्त्रीलाई पद मुक्त गर्न अन्तरिम आदेश दिएको हो ।
यस्तै, पार्टीका कार्य कारिणी समिति सदस्य केशव झाले सर्वोच्चको आदेश त्यति चित्त बुझ्दो नभएको बताउँदै अन्तरिम आदेशबाट आत्तिहाल्नु पर्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन् ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले प्रतिनिधि सभाको विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषदलाई खारेज गरिएको थियो । उक्त नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले बदर गरिदिएको हो ।
काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत ९ जनाले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नु पर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।














महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया