सर्वोच्चको आदेश चित्त बुझ्दो छैन : जसपा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतको आदेश चित्त बुझ्दो नभएको बताएका छन् । अदालतले जसपाका ११ सहित २० मन्त्रीलाई पद मुक्त गर्न अन्तरिम आदेश दिएको हो ।
यस्तै, पार्टीका कार्य कारिणी समिति सदस्य केशव झाले सर्वोच्चको आदेश त्यति चित्त बुझ्दो नभएको बताउँदै अन्तरिम आदेशबाट आत्तिहाल्नु पर्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन् ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले प्रतिनिधि सभाको विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषदलाई खारेज गरिएको थियो । उक्त नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले बदर गरिदिएको हो ।
काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत ९ जनाले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नु पर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया