अदालतको फैसलापछि एमाले र जसपाको प्रारम्भिक प्रतिक्रिया
सर्वाेच्चको फैसला अप्रत्याशित, पार्टी बैठक बसेर निर्णय लिन्छौं
एमाले प्रवक्ता प्रदीप ज्ञवाली भन्छन्- फैसलाले राजनीतिलाई जटिलतातर्फ धकेल्याे

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई समेटेर विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेर रोकिदिएपछि एमाले र सरकारमै रहेको जसपाको महन्थ ठाकुर पक्षले अप्रत्याशित निर्णय भन्दै प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।
दुवै पार्टीले यसबारेमा पार्टी बैठक बसेर औपचारिक प्रतिक्रिया दिने जनाएका छन् ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अदालतको आदेशले राजनीतिलाई थप जटिलतातिर लगेको भन्दै अदालतको फैसला अप्रत्याशित भएको टिप्पणी गरेका छन् । मेरोन्यूजसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले भने,-‘अदालतको निर्णय एक खालको आएको छ, यो निर्णय अप्रत्याशित छ । यसले राजनीतिलाई जटिलतातिर धकेल्ने काम गर्छ । यस्ता निर्णयका विषयमा गम्भीर विचार विर्मश गर्नुपर्ने हुन्छ । हामी यस विषयमा पार्टी बैठक बसेर निर्णय गछौं ।’
त्यस्तै जनता समाजवादी पार्टीकाे महन्थ ठाकुर पक्षले पनि अदालतको निर्णय चित्तबुझ्दाे ढंगले नआएको प्रतिक्रिया दिएको छ । आफ्ना पार्टीका ११ सहित २० मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश चित्तबुझ्दो नभएको जसपाकाे प्रतिक्रिया छ । जसपा कार्यकारिणी समिति सदस्य केशव झाले सर्वोच्चको आदेश त्यति चित्तबुझ्दो नभएको प्रतिक्रिया दिए । ‘अन्तरिम आदेश चित्तवुझदो ढंगले आएन, यो नै अन्तिम निर्णय होइन, आत्तिहाल्नुपर्ने अवस्था छैन । पार्टी बैठक बसेर थप निर्णय लिन्छौं’ झाले भने ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया