भारतमा दैनिक संक्रमितको संख्या ५० हजारमा झर्यो
मेरोन्यूज
२०७८ असार ९ गते १४:१६
काठमाडौँ । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट दैनिक संक्रमितको संख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ । त्यसैगरी कुल संक्रमितको संख्या भने तीन करोडभन्दा बढी पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
कुल संक्रमितमध्ये पछिल्ला एक करोड पछिल्लो ५० दिनमा थपिएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट कुल संक्रमितको संख्या तीन करोड २८ हजार २०९ पुगेको छ ।
पछिल्लो २५ घण्टामा भने ५० हजार ८४८ जना संक्रमित थपिएको मन्त्रालयका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । सोही अवधिमा भारतमा कोरोनाका कारण एक हजार ३५८ जना जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा मृतकको संख्या केही दिनमा चार लाख पुग्ने देखिएको छ ।
सम्बन्धित










तीन सय शैयासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल
पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल
पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त सभामुख यादवले भने- ‘निष्पक्ष भूमिका निभाउने छु’
बिज एजुकेशनका ब्रान्ड एम्बेसडर बने क्रिकेटर हेमन्त धामी
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया