भाइरल बनेकी सुब्बाको शव फेला, आफन्तबाट हत्या भएको आशंका
कसरी पुगिन् दक्षिणकाली ?

काठमाडौं । मंगलबार प्रहरीले दक्षिणकालीको मन्दिर नजिकै रहेको पार्किङ सँगैको शौचालयमा एक महिलाको शव फेला परेको थियो । उक्त शव पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
प्रहरीले मंगलबार दक्षिणकालीको शौचालयबाट महिलाको शव बरामद गरेको थियो । प्रहरीका अनुसार टाउकोमा र अनुहार गम्भिर चोटपटक लागेको थियो तर अनुसन्धान गर्दै जाँदा दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि भएको हो ।
मृत सुब्बा कालोपुलस्थित टहरामा बस्दै आएका धनबहादुर तामाङले करिब १८ वर्षदेखि धर्मछोरी बनाएर राखेका थिए । महानगरीय अपराध महाशाखाका अनुसार करिब १८ वर्ष पहिलेदेखि सन्तोषीलाई धर्म छोरी बनाएर पालेका धनबहादुर तामाङले सन्तोषी आइतबारदेखि नै परिवारको सम्पर्कमा नरहेको बताएका थिए ।
सन्तोषी सुब्बाको शव मंगलबार बिहान दक्षिणकाली बसपार्क नजिकैको शौचालयमा भेटिएको थियो । उनको अनुहारमा ढुङ्गाले हानेर हत्या गरिएको र शवसमेत चिन्न नसक्ने अवस्थामा प्रहरीले शव भेटिएको थियो ।
चिनजानकै व्यक्तिबाट हत्या हुन सक्ने आशंका
जंगलको छेउमा रहेको सुनसान स्थलमा शव फेला परेका कारण चिनजानकै व्यक्तिले उनलाई त्यहाँ पुर्याएर हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । उनलाई कसले दक्षिणकाली पुर्यायो किन पुर्यायो ? भन्ने विषयमा थप अनुसन्धानका लागि प्रहरीले उनको चिनजानका व्यक्ति, धेरै कुराकानी हुने व्यक्ति आदिको बारेमा जानकारी लिइरहेको र केही दिनमै हत्याराको पहिचान खुल्ने विश्वास दर्शाएको छ ।
उनले लगाएको कपडा र घटनास्थलमा फेला पारिएको केही सामानको आधारमा उनको शव पहिचान भएको हो । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।














हर्क साम्पाङले दिए धरानको मेयरबाट राजीनामा
जनकपुर पुगे बालेन
पाकिस्तानको कराचीस्थित मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
प्रतिक्रिया