चीनले गर्यो बीआरआई बारे एशियाका देशसँग छलफल

काठमाडौँ । चीनले एशिया प्रशान्त क्षेत्रका मुलुकको बेल्ट एण्ड रोड इनिसियटिभ ९बीआरआई० मा केन्द्रित रहेर सम्मेलन आयोजना गरेको छ । चिनले नेपालसहित एशिया प्रशान्त मुलुकका परराष्ट्र र अर्थमन्त्रीसँग आज सम्मेलन गरेको हो ।
विश्वका धनी मुलुकहरुको जी–७ ले बी–३ डब्ल्यू परियोजना अगाडि सारेपछि चीनले एशिया प्रशान्तका ३० देशका प्रतिनिधिसँग बीआरआई र कोरोना महामारीबारे छलफल गरेको हो । नेपालको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल सहभागि भएको थिए । सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले कोरोना महामारीलाई पराजित गर्न विश्वव्यापी सहकार्य, एकता र ऐक्यवद्धता आवश्यक रहेको बताए ।
संयुक्त राष्ट्रसंघ र अन्य विभिन्न संस्थाका प्रतिनिधिहरु सहभागी सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङले लिखित सन्देश पठाएका थिए । चिनियाँ विदेशमन्त्री वाङ यीले कार्यक्रमको अध्यक्षता गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सिले चीनले अन्य मुलुकहरुसँग बीआरआई मार्फत सहकार्य गर्न चाहेको बताए । । उनले चीनले अगाडि सारेको सिल्क रोडलाई अगाडि बढाउनुपर्ने उल्लेख गरेका थिए ।










सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ आज काराेबार ?
धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’
पाल्पामा दाङबाट आएका विद्यार्थी बोकेको बस दुर्घटना
नियमविपरीत ड्रोन उडान बढेपछि प्रशासनको कडाइ, अनुमतिबिना उडानमा रोक
खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया