मंगलबार, चैत १०, २०८२

विपक्षी गठबन्धनले सम्पादकसँग अन्तर्क्रिया गर्दै

मेरोन्यूज २०७८ असार १० गते १२:०३

काठमाडौँ । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सम्पादकहरुसँग अन्तर्क्रिया गर्ने भएका छन् । सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सम्पादकसँग अन्तर्क्रिया गर्न लागेको नेपाली कांगे्रसका नेता बालकृष्ण खाँणले बताए । उनका अनुसार अन्तर्क्रिया आज दिउँसो दुई बजे संसद भवन नयाँ बानेश्वरमा हुने छ ।

Advertisement
nepal life insurencenepal life insurence

अन्तर्क्रिया कार्यक्रम विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाले आयोजना गर्ने छन् । उक्त अन्तर्क्रियाले सरकारमाथि बढाउने रणनीति लिएको छ । पत्राकार, नागरिक समाज, बुद्धिजीवीलको सुझाव लिनका लागि अन्तर्क्रिया कार्यक्रम गर्न लागिएको खाँण बताए ।

उनले भने, “प्रधानमन्त्री केपी शर्मा ओली असंवैधानिक कदममा निरन्त अगाडि बढी रहनु भएको छ । संविधानको रक्षा गर्ने, लोकतन्त्रणको रक्षा गर्ने, जनताको जनजीवनको रक्षा गर्ने सन्र्दभमा राजनीति पार्टीकोबीचमा सहमति, सहकार्य, साझा प्रत्यन गर्न सबैसँग अन्तर्क्रिया गर्न गैरहेका छौँ ।” कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बुधबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकले सरकारका अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध नागरिक समाज, बुद्धिजीवीलगायतसँग अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया