‘ए प्रतिगमनका बा अब त अति भो,राष्ट्रलाई क्षति भो’ (फोटो फिचर)

काठमाडौं । संसद विघटनविरुद्ध विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठन आज संयुक्त सडकमा उत्रिएको छ । गठबन्धनमा आवद्ध दलका भातृ संगठनहरु नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले ले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनीमार्गमा गरेको प्रदर्शनमा सहभागीहरुले ‘ए प्रतिगमनका बा अब त अति भो, राष्ट्रलाई क्षति भो,’ कोभिड १९ खोप तत्काल व्यवस्था गर, असंवैधानिक कदम खारेज गर, विधिको शासन कायम गर, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

अलोकतान्त्रिक, असंवैधानिक र जनविरोधी हर्कत जारी राखेकाले भौतिक दुरी कायम गरी विरोध प्रदर्शन गर्न लागिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

गत ७ जेठको मध्यरातमा राष्ट्रपतिले संसद् विघटन गरी चुनावको मिति घोषणा गरेपछि विपक्षी गठबन्धन त्यसविरुद्ध रिट निवेदन लिएर अदालत गएको थियो ।

गठबन्धनले प्रतिनिधिसभाका एक सय ४६ जना सांसदलाई सशरीर अदालतमा उपस्थित गराएर संविधानको धारा ७६ (५) बमोजिम कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेको थियो । अहिले सर्वोच्चको संवैधानिक इजलासमा उक्त रिटमाथि अन्तिम सुनुवाइ चलिरहेको छ ।




जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया