चीनको राजनीति प्रणालीमा सुधार ल्याउन श्वेतपत्र जारी

बेइजिङ । चीनले आफ्नो राजनीतिक प्रणालीलाई अझ परिस्कृत र विशिष्ट पहिचान सहितको बनाउन श्वेतपत्र सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले शुक्रबार “चीनको राजनीतिक दलसम्बन्धी प्रणालीः सहयोग र परामर्श” नामको श्वेतपत्र सार्वजनिक गरेको हो ।
श्वेतपत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा बहुदलीय सहयोग र राजनीतिक परामर्श प्रणालीलाई थप मजबूत बनाइने तथा यसलाई चीनको राजनीतिक संरचनाको आधारभूत तथ्यका रुपमा अंगीकार गरिने उल्लेख छ । यस प्रणालीमा चिनियाँ कम्युनिष्ट पार्टीका अलावा देशमा अरु आठ वटा राजनीतिक दल रहने छन् जसमा रिभोल्युसनरी कमिटी अफ चिनियाँ कुमिनताङ, चाइना डेमोक्रेटिक लिग, चाइना नेसनल डेमोक्रेटिक कन्स्ट्रक्सन एसोसिएसन, चाइना एसोसिएसन फर प्रमोटिङ डेमोक्रेसी, चाइनिज पिजेन्ट्स एन्ड वर्कर्स डेमोक्रेटिक पार्टी, चाइना झी गोङ पार्टी, जिसान सोसाइटी र ताइवान डेमोक्रेटिक सेल्फ–गभर्मेन्ट लिग रहेका छन् ।
सिपिसीले यस प्रणाली मातहत कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेका विशिष्ट व्यक्तिलाई पनि समेट्ने छ । श्वेतपत्रमा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) ले राज्यशक्तिको परिचालन गर्ने र अन्य दलहरुले सिपिसीको नेतृत्वमा बहुदलीय सहकार्यको प्रणाली निर्माण गर्ने उल्लेख छ । चिनियाँ शैलीको नयाँ मोडेलको संज्ञा दिइएको पछिल्लो व्यवस्था अपनाउने सिलसिलामा अन्य मुलुकको सिकाई र उनीहरुका राजनीतिक प्रणालीका उपलब्धिलाई आत्मसात गरिएको श्वेतपत्रमा उल्लेख छ । रासस














जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया