जापानमा हप्ताको ३ दिन बिदा हुने, बच्चा जन्मने दर वृद्धि हुने अपेक्षा

काठमाडौँ । जापान सरकारले कम्पनीहरूलाई ४ दिन मात्रै कार्यालय सञ्चालन गर्न सुझाव दिएको छ । यसअघि जापान सरकारले हप्तामा ५ दिन कार्यालय सञ्चालन गर्न दिँदै आएको थियो ।
कम्पनीमा कार्यरत कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने उद्देश्यले ४ दिन मात्रै कम्पनी सञ्चालन गर्न निर्देशन दिएको हो । जापान सरकारले आफ्ना सर्वसाधरणालाई जागिर, परिवार तथा आफन्तसँग समय बिताउने समय भरपुर बनाउनका लागि धेरै दिन बिदा दिन कम्पनी सञ्चालनको नियम नै परिवर्तन गर्न लागेको हो ।
यस नीति लागु भए सर्वसाधरणलाई अतिरिक्त समय निस्किने समाचारमा जनाइएको छ । यसले सर्वसाधरण एक–आपसमा भेट हुने, विवाह गर्ने र बच्चा जन्माउने हुँदा जनसंख्या वृद्धिमा सहयोग पुग्ने जनाइएको छ । यस नीतिलाई लिएर जापानमा बहस सुरू हुन पुगेको छ ।
योजनाअनुसार जापान सरकारको चाहना रहेको छ कि सर्वसाधरणलाई अतिरिक्त छुट्टी मिल्ने छ । छुट्टीमा सर्वसाधरण बाहिर जाने छन् । जसले गर्दा देशको अर्थ व्यवस्थामा सुधार हुने छ । छुट्टीमा नव जोडीहरू बाहिर घुम्ने छन् । एकआपसमा मिल्ने छन् । विवाह गर्ने छन् र बच्चा जन्माउने छन् । यसबाट जापानमा देखिएको कम हुँदै गएको जन्मदरमा सुधार आउने छ ।
सरकारी योजना सार्वजनिक भएसँगै केही अर्थशास्त्रीहरूले यो त्रुटी भएको बताएका छन् । उनीहरूले कर्मचारीले कम दिन काम गरे उनीहरूलाई आर्थिक समस्या पैदा हुने बताएका छन् ।
पछिल्लो समय जापानमा ज्यादा काम गर्ने कर्मचारीहरू धेरै विरामी हुने र तनावका कारण आत्महत्या गर्ने समाचार बाहिर आएको छ । यस नीतिले यस प्रकारको गतिविधिलाई रोक्ने अपेक्षासमेत गरिएको छ । एजेन्सी

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया