नेपाल ओलम्पिक कमिटि र केल्मी बीच सम्झौता

काठमाडौं । नेपाल ओलम्पिक कमिटि र केल्मीको आधिकारीक विक्रेता कामरु ट्रेडिङ्गबीच शुक्रबार प्रायोजन सम्विन्धि सम्झौता भएको छ ।
टोकियो ओलम्पिक २०२० सहभागी हुने नेपाली टोलीको लागि केल्मी ब्राण्डको खेल पोशाक, किडब्याग, स्पोर्टस् सुज, मोजा, टोपी, रुमाल लगायत प्रायोजन गर्ने भएको हो ।
सम्झौता पत्रमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र कामरुको तर्फबाट निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरे । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले खेलकुद विकासका लागि नीजि क्षेत्रबीच सहकार्य र साझेदारी आवश्यक रहेको बताए ।
अहिलो टोकियो ओलम्पिकका लागि मात्र सम्झौता भएता पनि लामो समय सम्म सहकार्य र साझदारी गर्न छलफल भएको बताए । यो सम्झौता महत्वपूर्ण थालनी भएको भन्दै खेलकुदको माध्ययमबाट प्रायोजकहरुलाई पनि सहयोग गर्ने बताए ।
केल्मीले यस अघि एन्फा, विभागिय टोली, तेक्वान्दो, करातेलाई प्रायोजन गरेको र भलिबलसंग सहकार्य गर्दै आएको छ ।

















ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
काठमाडौं महानगरले चैत १६ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
बागलुङमा जीप दुर्घटना हुँदा ७ जना घाइते
केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
प्रतिक्रिया