जर्ज फ्लोयडको हत्या आरोपी प्रहरीलाई साढे २२ बर्षको जेल सजाय

मिनियापोलिस । अमेरिकाको मिनियापोलिसस्थित प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी अधिकारीलाई साढे २२ बर्षको जेल सजाय तोकिएको छ । अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्या आरोप लागेका प्रहरी अधिकृत डेरेक चौभिनलाई अदालतले साढे २२ बर्ष जेल सजाय तोकेको हो ।
गतवर्ष सन् २०२० मे २५ तारिखका दिन ती प्रहरी अधिकारीले फ्लोयडलाई आफ्नो घुँडाले घाँटीमा थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएको थियो । दर्दनाक भिडियोका कारण हत्याका विरुद्धमा अमेरिका भरी आन्दोलन भएको थियो ।
हत्याको विरोधमा मानवअधिकारकर्मी र अश्वेत पक्षधरहरुले अन्य देशहरुमा पनि केही दिन प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा केही व्यक्तिको मृत्यु समेत भएको थियो । हत्याको विवरण प्राप्त गर्नासाथ स्थानीय प्रहरीले आरोपी प्रहरीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो भने अदालतमा उनका विरुद्धमा मुद्दा दायर गरिएको थियो ।
घटना भएको एक बर्षभन्दा बढी समयपछि अहिले मात्रै सो मुद्दामाथि अदालतले फैसला गरेको हो । प्रहरी अधिकारीले पाएको अधिकारको दुरुपयोग गरेको र अति दर्दनाक तरिकाले हत्या गरेको कारणले उनलाई २२ वर्ष ६ महिना जेल सजाय तोकिएको अदालतले जनाएको छ । चौभिनले ४८ वर्षीय फ्लोयडलाई नौ मिनेटभन्दा बढी समय घुँडाले घाँटी थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएको थियो ।
चौभिनलाई अब जीवनभर हतियार राख्न अनुमति दिन नमिल्ने कुरा समेत फैसलामा उल्लेख गरिएको जनाइएको छ । अदालतको फैसलाप्रति फ्लोयडका परिवारजनले सन्तुष्टि व्यक्त गर्दै राहत महसुस गरिएको प्रतिक्रिया दिएका छन् । सुनुवाइका क्रममा फ्लोयडका भाइ टेरेन्स फ्लोयडले चौभिनलाई ४० वर्षको सजाय हुनुपर्ने माग गर्नु भएको थियो । अदालतले भने झण्डै आधा मात्रै सजाय तोकेको हो ।










गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
थापाथलीकाे ऐतिहासिक चार अखडामा गाई पाल्न समस्या
बागमती प्रदेशसभाको बैठक बोलाउने तयारीमा सरकार : काे बन्ला सभामुख ?
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि कडा मापदण्ड
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया