जलजन्य प्रकोप जोखिममा नेपाल ३० औँ

काठमाडौं । विश्व मानचित्रमा भौगोलिक धरातल र हावापानीका हिसाबले जति सुन्दर छ प्राकृतिक प्रकोप घटनाबाट बर्सेनि ठूलो जनधनको क्षति हुने मुलुकको सूचीमा पनि नेपाल अग्रस्थानमै पर्छ ।
गृह मन्त्रालयका अनुसार बाढी, पहिरा, भूकम्प, आगजनी तथा समुद्री आँधीका कारणबाट उत्पन्न हावाहुरी तथा असिना, मुसलधारे वर्षा र सुक्खाजस्ता विविध प्रकृतिका प्रकोपका घटनाबाट नेपाल सङ्कटासन्न अवस्थामा छ ।
विश्वमा विपद् जोखिमको नक्साङ्कनमा नेपाल २० औँ तथा बाढी र पहिराजस्ता जलजन्य प्रकोपको जोखिमको दृष्टिकोणबाट ३० औँ स्थानमा छ । ज्यादै कमजोर पर्वतीय भूसतह तथा वनजङ्गलको तीव्र विनास, अत्यन्तै भिरालो पहाड-पर्वत, खोरिया फँडानी, अवैज्ञानिक खेती प्रणाली, मनसुनको समयमा हुने मुसलधारे वर्षा र त्यसपछिको प्रचण्ड तापमानलगायत कारणबाट नेपालको पहाडी भूभागमा बारम्बार बाढीपहिराका घटना हुने गर्छन् ।
उत्तरबाट दक्षिणतर्फ भिरालो धरातल भएबाट हरेक वर्ष पहाडमा बाढी पहिरा र तराई मधेसमा डुबानका समस्या हुँदै आएको छ । नेपाल–भारत सीमा क्षेत्रमा भारतले बनाएका बाँधका कारण पनि तराईका कतिपय जिल्ला सदरमुकाम र आसपासका गाँउमा डुबान हुँदैं आएको छ ।
मुलुकको प्रमुख सुरक्षा सङ्गठनका रूपमा रहेको नेपाली सेनाले बाढी, पहिरा र डुबानलगायतका प्राकृतिक प्रकोपमा सहज परिचालनका लागि केन्द्रको आदेश लिन नपर्ने व्यवस्थासहित सबै युनिटमा एकतिहाइ जनशक्ति तयारी अवस्थामा राखेको प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । सेनाले मुलुकका जुनसुकै भागमा आवश्यकताअनुसार थप जनशक्ति सहजरूपमा खटाउन सक्ने गरी चितवन र काठमाडौंको सुन्दरीजलमा विपद् व्यवस्थापनसम्बन्धी गण तैनाथ गरेको छ ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया