प्रतिनिधीसभा विघटन मुद्दा
रिट निवेदक पक्षले आज दुई घण्टा ३५ मिनेट मात्रै वहस गर्ने

काठमाडौं । प्रतिनिधीसभा विघटनका विरुद्धमा सर्वाेच्च अदालतमा परेको रिट निवेदनमा आज पनि वहस हुने भएको छ । सर्वाेच्चको संवैधानिक इजालासमा ९ असारबाट नियमति शुरु भईरहेको वहसमा रिट निवेदक तर्फका कानुन ब्यवसायीहरुले वहस गरिरहेका छन् ।
सम्वैधानिक इजालसले रिटमा वहस गर्ने कानुनब्यवसायीको सूचि लामो देखेपछि दुवै पक्षलाइृ समय तोकेरै वहस गर्न दिएको हो । जसअनुसार रिट निवेदक कांग्रेस सभापति शेरवहादुर देउवा लागतय १४६ सांसदको रिटमा अव रिट निवेदकका तर्फबाट जम्मा दुई घण्टा ३५ मिनेट वहस गर्न पाउनेछन् ।
यस अगाडी यो पक्षले ९ घण्टा २५ मिनेट वहस गरिसकेका छन् ।
शुरुमा रिट निवेदक पक्षलाइृ १२ घण्टा वहस गर्न दिने गरी इजालसले समय तोकेको थियो । त्यसपछि सरकारका तर्फबाट वहस हुनेछ । उनीहरुलाइृ १५ घण्टाको समय दिईएको छ । राष्टपति र प्रधानमन्त्री पक्षका वकिलहरुले वहस गरिसकेपछि फेरि रिट निवेदकका तर्फका कानुुन ब्यवसायीलाई थप ३ घण्टा बहस गर्न दिने गरी समय निर्धारण गरिएको छ । त्यसपछि इजालसले सहजीकरणका लागि गठन गरेको एमीकस क्यूरीका चार वकिलहरुले आधा घण्टाका घरले वहस गर्नेछन् ।
त्यसपछि भने यसमा अदालतले निर्णय दिनेछ ।
प्रतिनिधीसभा विघटन विरुघ सर्वाेच्चमा ३० ओटा मुद्दा परेको थियो । जसमध्ये इजालसले कांग्रेस सभापति देउवा सहित १४६ सांसदको रिटलाइृ पहिलो प्राथमिकतामा राखेर सुनुवाईमा लगेको हो ।















वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार
भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई
मधेसका पूर्वमुख्यमन्त्री सिंहले दिए प्रदेशसभा सदस्यबाट राजीनामा
स्पेनमा २ रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
प्रतिक्रिया