अमेरिकी र इजरायली विदेश मन्त्रीबीच भेटवार्ता तय
पेरिस । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र इजरायलका नवनियुक्त विदेश मन्त्री याईर लापिडबीच आइतबार भेटवार्ता हुने भएको छ । इजरायलमा नयाँ सरकार गठन भएपछि इजरायल र अमेरिकाका वरिष्ट कुटनीतिज्ञबीच पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको हो ।
इजरायलका पूर्व प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको १२ वर्षे शासन समाप्त गर्न मुख्य भूमिका निर्वाह गरेका याईर लापिडले आफूलाई प्रधानमन्त्रीको दौडबाट ढिलाई गरेर पनि नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेका थिए । इजरायलमा नाफ्ताली बेनेटको नयाँ सरकार निर्माणमा भएको सम्झौता बमोजिम लापिड दुई वर्षपछि इजरायलको प्रधानमन्त्री बन्ने छन् ।
विदेश मन्त्री लापिड अमेरिकी विदेश मन्त्रीलाई भेट्न आइतबार रोम प्रस्थान गर्दै छन् । अमेरिकी विदेश मन्त्री ब्लिन्केन पनि युरोपका तीन देशको भ्रमणका लागि आइतबार नै इटाली आउने कार्यक्रम छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले इरानसँगको सन् २०१५ को आणविक सम्झौतालाई पुनः अगाडि बढाउने बताइरहेकै अवस्थामा दुई नेताबीच भेटवार्ता हुन लागेको हो । यस सम्झौतालाई इजरायलले कडा प्रतिबाद गरिरहेको छ ।
सन् २०१५ को आणविक सम्झौता बमोजिम इरानले भने आफूमाथि लागेका प्रतिबन्धहरु फुकुवा हुने आशामा आफ्नो आणविक कार्यक्रममा व्यापक कटौती गरेको छ । साथै, राष्ट्रपति बाइडेन र विदेश मन्त्री ब्लिन्केनले इजरायल सरकार र प्यालेस्टाइनी इस्लामिक समूह हमासबीच गत मे २१ मा सम्पन्न युद्धबिरामलाई दिगो बनाउन प्रयास गर्नेछन् । इजरायली विदेश मन्त्री लापिड एक जना मध्यमार्गी स्वभावका छन् ।
लापिडले पूर्व प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको लहैलहैमा लागेर दुई देशबीचको घनिष्ट सम्बन्धलाई कमजोर बनाएको बताउँदै आएका छन् । तैपनि, इजरायलको नयाँ सरकारले अझै पनि इरानलाई प्रमुख चुनौतीका रुपमा लिने गरेको छ । केही दिनअघि प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा हवाई आक्रमण गरे पनि अमेरिकासँगको सम्बन्धलाई पुनः पुरानै लयमा फर्काउन नयाँ सरकार इच्छुक छ ।
अमेरिकी विदेश मन्त्री ब्लिन्केनसँग लाडिपको टेलिफोन संवादपछि इजरायली विदेश मन्त्रालयले दुई नेताले आपसी सम्बन्ध सुदृढ गर्नेबारेमा सहमति भएको जनाएको छ । रासस

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया