विनियोजन विधेयकमाथिको छलफल समाप्त
काठमाडौँ । भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफल आइतबार समाप्त भएको छ । प्रदेश १ प्रदेशसभा नियमावली २०७४ को नियम ११८(७) बमोजिम विनियोजन विधेयकमा दुई दिन छलफल भएको थियो ।
छलफलमा प्रदेशसभा सदस्यहरू कुलप्रसाद साँवा, कुसुमकुमारी श्रेष्ठ, झलकबहादुर मगर, रामकुमार राई, उत्तमकुमार बस्नेत, जयराम यादव, नारायणबहादुर मगर, प्रतपप्रकाश हांगाम, विजयकुमार विश्वास, विमल कार्की, विष्णु तुम्बाहाम्फे, मोहनकुमार खड्का, लीला सुब्बा र सरिता थापाले भाग लिएका हुन् । उनहरूले विकासमा नतिजा आउने किसिमको काम नभएको, सबै क्षेत्र, भूगोललाई नसमेटेको, विगतका योजनाहरू काटिएको टिप्पणी गरे ।
भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले छलफलमा उठेका प्रश्नहरूको जवाफमा साधन, स्रोतको सीमितताको कारण मन्त्रालयको ४० प्रतिशत बजेट कम भएको जानकारी दिँदै बहु वर्षीय ६२ वटा योजनामा दुई वटा सम्पन्न भएको, ५० वटा निर्माणाधीन रहको र अन्यको काम आगाडि बढाइएको जानकारी दिए । प्रदेशसभाको अर्को बैठक भोलि सोमबार मध्यान्ह १२ः३० बस्ने छ ।
















आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास
सञ्चारमन्त्री खरेलले दिए राजीनामा
उम्मेदवारी दिन रुकुम पूर्व पुगे प्रचण्ड
विप्लवले चुनाव नलड्ने
Minister Gupta resigns
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
प्रतिक्रिया