कोरोनाका जटिल बिरामीमा प्रयोग हुने रेम्डेसिभिर औषधि नेपालमै उत्पादन सुरु

काठमाडौं । कोरोनाको जटिल बिरामीकाे उपचारमा प्रयोग गरिदै आएको रेम्डेसिभिर औषधिको स्वदेशमै उत्पादन सुरु भएको छ । नेशनल हेल्थ केयर कम्पनी वीरगञ्जमा रेम्डेसिभिर औषधिको उत्पादन सुरु गरेको हो ।
वैशाख ३१ गते औषधि व्यवस्था विभागबाट उत्पादनको अनुमति भएको कम्पनीले आइतबार मात्रै बजारमा बिक्रि वितरणका लागि अनुमति पाएको थियो।
नेशनल हेल्थ केयरद्धारा उत्पादित रेम्डेसिभिरको ब्राण्ड नाम ‘रेमसिभिर’ रहेको छ। कम्पनीले प्रति भाइल औषधिको खुद्रा मूल्य ३५ सय तोकेको कम्पनी जारी गरेको विज्ञप्तिमा भनिएको छ । उक्त उत्पादित औषधि असार १३ गते (हिजो) बाट बिक्रि वितरणका लागि बजारमा समेत पुगिसकेको कम्पनीले जनाएको छ ।
हाल १५ हजार भाइल औषधि तयारी अवस्थामा राखिएको मार्केटिङ उपाध्यक्ष अजय पाण्डेले जानकारी दिए । उक्त औषधि नेशनल हेल्थकेयरको मार्केटिङ डिभिजन ओटिभाबाट नेपालभरी ओटिभा डिभिजनका डिस्ट्रिब्युटर्स मार्फत उपलब्ध गराउने कम्पनीले जनाएको छ ।


















रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन
रास्वपाको सांसद अभिमुखीकरण तालिम सुरु
सुनसरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया