भोकाको आँसु पुछ्दै कलाकार शाह

महोत्तरी । विदेशमा बस्ने नेपालीले पठाएका सहयोग कलाकार नायक पल शाहले महोत्तरीको अति विपन्न मुसहर बस्तीमा पुर्याएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले संयुक्त अरब इमिरेट्सबाट पठाएका सहयोग कलाकार शाहले महोत्तरीको गौशाला नगरपालिका–१० भरतपुरस्थित अति विपन्न मुसहर बस्तीमा पु¥याएका हुन् ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण रोजगारी गुमाएर भोकभोकै बस्न बाध्य भएका सो बस्तीका १०० घर मुसहरले आइतबार कलाकार शाहबाट खाद्यान्न राहत पाएका हुन् । कलाकारले शाहले प्रतिपरिवार चामल २० किलोग्राम, दाल एक किलोग्राम, खानेतेल एक लिटर, नुन एक किलो, हातधुने साबुन–२ वटा, सेनिटाइजर तथा मास्कलगायत स्वास्थ्य सामग्रीसहितको राहत पोका उनीहरुलाई वितरण गरे ।
दुबईमा बस्ने दाई आशिष पुरुषसहितका सहयोगी मनले महाव्याधिको चपेटामा परेर खानै मुश्कील परेकालाई तत्काल आँसु पुछी दिन गरेका अनुरोधसहितको सहयोग रकमबाट राहत वितरण गरिएको कलाकार शाहले स्पष्ट पारे । भोकले स—साना नानी रुँदा नसुनेजस्तो गरेर मुण्टो फर्काउनु पर्ने अवस्था अब केही दिनलाई हराएको राहत पाउने मुसहरले बताएका छन् । “हामी भोकभोकै थियौं, नजिकका कोही आएनन्”, बस्तीकी मङ्गली सादा मुसहरले भन्नुभयो, “टाढाका भएपनि हिरो ९नायक पल शाह० ले सम्झनु भएछ ।”
अब त अवस्था दिनदिनै सामान्य बन्दै गएपछि काममा निस्कन पाउने आश बढेको उनको भनाइ छ । भरतपुरकै वासिन्दा वीरगञ्ज टेलिभिजनका प्रवन्धक दिपेश श्रेष्ठको समन्वयमा मुसहर बस्ती पुग्नु भएका कलाकार शाहले भोकाहरुको आँसु पुछ्न आपूm आइरहने र थप सहयोग जुटाउन पहल गरिरहने बताए ।
एक साताअघि गौशाला–४ मल्हनियाँपोखरीचोकका ४३ परिवार मुसहरलाई अरब राष्ट्रतिर काममा रहेका ८० नेपाली युवाले पठाएका सहयोगले राहत बाँडिएको थियो । सो सहयोगबाट जिल्लाका १०८ परिवार गरिबलाई राहत दिने लक्ष्य रहेको समन्वयकर्ता टाइगर सेवा समाजले जनाएको छ ।










एनपिएलः रवि बोपारा बने अर्धशतक बनाउने तेस्रो खेलाडी
संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली
एनपिएल : विराटनगरविरुद्ध पहिला बलिङमा पोखरा
रविको अर्धशतकमा चितवनको विजयी सुरुवात
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
प्रतिक्रिया