कतै कम्युटर टाइप, कतै हस्तलिखित भन्दै देउवाले प्रधानमन्त्रीमा दाबी गरेको पत्रमाथि प्रश्न

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले देउवाले प्रधानमन्त्रीमा दावी पेश गर्न बुझाएको पत्रमाथि प्रश्न उठाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सरकारी पक्षबाट बहस गर्दै उनले उक्त दाबी पत्र देउवालाई प्रधानमन्त्री बनाउनका लागि तयार गरिएको हो भन्दै प्रश्न गरेका छन् ।
उनले भने, ‘देउवालाई प्रधानमन्त्री बनाउनका लागि त्यो कागज तयार गरिएको हो ? कतै कम्युटर टाइप छ, कतै हस्तलिखित छ, कतै टिपेक्स लगाएको छ । यो त मजाक हो । केरमेट गरेको कागज बुझाएर प्रधानमन्त्री बनाएन भन्ने ?’ उनले राष्ट्रपतिविरुद्ध मुद्दा हालेर विपक्षी गठबन्धनका रिट निवेदकहरूले आफ्नो इज्जत फालेको बताए ।
उनले भने, ‘राष्ट्रपतिले संविधान बमोजिम ७६ (५) को सरकार बन्ने सम्भावना देख्नु भएन । राष्ट्रपतिविरुद्ध मुद्दा दिने र आरोपित गर्ने निवेदक पक्षले आफ्नै बेइज्जत गरेका छन् । राष्ट्रपतिले उहाँहरुको इज्जत जोगाइदिएकै हो । राष्ट्रपतिलाई मनपरी गाली गरेर उहाँहरुले राष्ट्रपतिको मात्रै होइन आफ्नै बेइज्जत गर्नुभएको छ । राष्ट्रपतिले बहुमतको आधार हेर्ने हो । त्यस्तो आधार विवादास्पद वा शंकाजन्य भएमा अस्वीकार गर्ने छुट हुन्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ को ३ अनुसारको सरकार सञ्चालन गर्न नचाहेकै कारण नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको उनले बताए । त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले ‘राष्ट्रपतिले आधार हेर्ने वा सिद्धान्त ?’ भनी प्रश्न गरेका थिए ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया