प्रचण्ड पथमा हिँडेपछि कांग्रेस नाथुराम गोड्सेको खोजीमा छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड पथमा हिँडेपछि नेपाली कांग्रेस नाथुराम गोड्सेको खोजीमा रहेको बताएका छन् । मदन भण्डारीको ७० औँ जयन्तीमा बोल्दै उनले नाथुराम गोड्सेको पनि चर्चा हुने बताउँदै यस्तो बताएका हुन् ।
‘महात्मा गान्धीको मात्रै चर्चा हुँदैन, नाथुराम गोड्सेको पनि चर्चा हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाली कांग्रेस प्रचण्ड पथमा हिँडेपछि नाथुराम गोड्सेको खोजी गर्ने, खोजी गर्दा भेटिएन भने आफै नाथुराम बन्ने तहमा पुग्नु भनेको प्रचण्ड पथ नै अँगाल्नु हो ।’
प्रचण्ड पथमा हिँडेपछि कांग्रेसको मूल राजनीतिक नारा नाथुरामको खोजी गर्नु रहेको प्रधानमन्त्री ओलीले बताए ।
नेपाली कांग्रेसका बागमती प्रदेश सदस्य नरोत्तम वैद्यले गत जेठ २९ गते (शुक्रबार) प्रदेश सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से बन्ने आपत्तिजनक अभिव्यक्ति दिएका थिए । बैठकको रोष्टममा उभिएर उनले माहात्मा गान्धीलाई नथुराम गोड्सले मारे झैँ सांकेतिक रुपमा प्रधानमन्त्री ओलीलाई मार्नु पर्छ र मार्छु भनेका थिए ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया