पाँच विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनविरुद्ध देशैभर प्रदर्शन गर्ने (वक्तव्यसहित)

काठमाडौं । पाँच विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । सोमबार बिहान नेपाल विद्यार्थी संघ, अनेरास्वयू (क्रान्तिकारी), अनेरास्वयु, समाजवादी विद्यार्थी यूनियन, र अखिल (छैठौँ)बीच बसेको बैठकले संसद विघटनविरुद्ध उपत्यकालगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।
असार १६ गते देशका ७७ जिल्ला तथा १७ गते काठमाडौं उपत्यकामा प्रधानमन्त्रीको पुत्ला दहनसहित संयुक्त विद्यार्थी प्रदर्शन गर्ने निर्णय गरेको विद्यार्थी संगठनले जनाएका छन् । बैठकले संसद विघटनविरुद्ध सामुहिक प्रतिवाद गर्ने निर्णय गरेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । स्वतन्त्र अदालतको निर्णयमा हस्तक्षेप नगर्न पाँच विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण स्वरुप दबाब दिएका हुन् । संवैधानिक व्यवस्थाअनुसार अदालतले संसद पुनर्स्थापना गर्नेमा समेत ती संगठनहरुले विश्वास व्यक्त गरेका छन् ।
महामारीको मौका छोपेर पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि, जातीय विभेदको मुद्दामा मन्त्रीको कार्यशैली, महामारीमा सरकरले गरेको बेवास्ता जस्तै विषय पनि उनीहरुले उठाएका छन् ।
त्यस्तै बैंठकले विश्वविद्यालयमा देखिएका परीक्षा लगायत शैक्षिक समस्याहरुका बारेका छलफल गर्न उपकुलपतिसमक्ष संयुक्त ज्ञापनपत्र बुझाउने भएको छ । बैठकपछि जारी संयुक्त विज्ञप्तिमा लकडाउन अवधिको शूल्क विद्यार्थीलाई अबिलम्ब फिर्ता गर्न माग गर्दै शूल्क फिर्ता नगरिएमा निजी शैक्षिक संस्थाविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।
विज्ञप्तिमा मन्त्री जस्तो पदको मर्यादा समेत ख्याल नगरी शिक्षामन्त्रीले संविधान र कानूनलाई चुनौति दिने गरी गरेको हर्कतको तिब्र विरोध गर्दै ती संगठनले दलित आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाएका छन् ।










अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
राजधानीमा एमालेको प्रदर्शन
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक
भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया