माधव नेपाल भन्छन् : प्रधानमन्त्रीको भनाई रेकर्ड गरेर राख्नुस, सवैले सिक्नुपर्ने खालको छ

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी ओलीका भनाई लाई रकेर्ड गरेर राख्न आग्रह गरेका छन् । नागकिर समाज, वौद्दिक समाुदायसँगको सोमबार नयाँ बानेश्वरको ल्होत्से हलमा आयोजित अन्र्तक्रिया कार्यक्रमलाई सम्वोधन गदै नेता नेपालले ओलीको माधव नेपाल लगायत नेताहरुसँग गरेको टिप्पणी प्रति संकेत गदै छोटो प्रतिक्रिया दिएका हुन् ।
‘आजै विहान पनि प्रधानमन्त्रीले के के बोल्नुभयो, तपाईहरुले सुनिसक्नुभएको छ,’ माधव नेपालले भने,–‘प्रधानमन्त्रीको भनाई रेकर्ड गरेर राख्नुस । सवैले सिक्नुपर्ने खालको छ ।’
प्रधानमन्त्री केपी ओलीले माधव नेपाललाई प्रचण्डको मामुली कार्यक्र्ता भएको भन्दै उनलाई प्रधानमन्त्री प्रस्ताव गर्न आफुलाई बहुला कुकुरले टोकेको छ र रु भन्दै कडा टिप्पणी गरेका थिए । ओलीले नेपाललाई भनेका थिए,–‘मैले भनेको थिएँ, माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन् । तर, धाक के लगाएर हिँडेका छन्, भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो १ मलाई बहुला कुकुरले टोकेको छ र रु अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला रु यिनी एक ढंगले भन्ने हो भने प्रचण्डका पुच्छर हुन् । पुच्छर भएपछि जन्तु पूर्वतिर फर्कियो भने त्यो पश्चिमतिर हुन्छ, पश्चिमतिर फर्कियो भने त्यो पूर्वतिर हुन्छ । तर, सँगै हुन्छ ।’
ओलीले गरेको त्यस्तो अभिब्यक्ति ध्यान दिनुपर्ने खालको रहेको भन्दै उनले त्यसलाई रेकर्ड गरेर राख्न आग्रह गरेका थिए । उनले सवैले सिक्नुपर्ने खालको अभिब्यक्ति भन्दै ब्यङग्य गरेका थिए । उनले आफ सवै कुराको तथ्यमा रहेर जवाफ दिन तयार रहेको पनि वताएका थिए ।
नेता नेपालले अहिले आफु जुन अवस्थामा रहेपनि भोलिका दिनमा कसरी अगाडी बढ्ने भन्नेमा जे ढंगले बढेपनि राष्ट्र, लोकतन्त्रका लागि ढृढतासाथ लाग्ने प्रतिवद्धता जनाएका थिए ।
उनले राम्रो काम गर्न सकिएन भनेपनि नराम्रो काम नगर्ने भन्दै हिजोका दिनमा पनि गलत काम नगरेको जिकिर गरेका थिए ।












सुनचाँदीको मूल्य निरन्तर उकालोतिर, आज ताेलामा कति ?
हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
प्रतिक्रिया