सरकार कृषि क्षेत्रलाई तहसनहस बनाउन लागि पर्योः गौतम

काठमाडौं । नेकपा एमालेका नेता एवम् अखिल नेपाल किसान महासंघका अध्यक्ष वामदेव गौतमले सरकारले किसान विरोधी कदम चालेर कृषि क्षेत्रलाई तहसनहस पार्ने काम गरेको भन्दै त्यसको भर्त्सना गरेका छन् ।
१८ औं धान दिवसको अवसरमा विज्ञप्तिमार्फत् शुभकामना दिंदै नेता गौतमले कृषि क्षेत्रको विकासमा सरकार बाधक बनेको बताए ।
सरकारले बहुराष्ट्रिय कम्पनीलाई नेपालको प्राथमिक उत्पादनको क्षेत्रमा प्रवेश गराउनका लागि वैदेशिक लगानी व्यवस्था ऐनको अनुसूची संशोधन गरेर अनुकूल गरेर किसानलाई बेरोजगार र घरबारबिहीन बनाउन खोजेको उनको आरोप छ ।
‘हामीले पहिल्यैदेखि भन्दै आएका हौं, नेपालको कृषि क्षेत्रमा बहुराष्ट्रिय कम्पनीलाई प्रवेश गर्न दिइनुहुँदैन । यदि त्यसो गरियो भने नेपाली किसान जनताका हक, अधिकार र समृद्धिका सम्पूर्ण योजना भताभुङ्ग हुन्छन्,’ उनले भनेका छन् ।
नेता गौतमले आफूहरूले धेरै वर्षअघिदेखि भूमि बैंकको बिरोध गर्दै आएको बताए । ‘भूमि बैंक भनेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषहरूले अगाडि सारेका एजेण्डा हुन् ।
इण्डोनेशिया र फिलिपिन्समा पूर्णतः असफल भइसकेको यो कार्यक्रम अहिले हाम्रो देशमा ल्याउने काम वर्तमान सरकारबाट भएको छ,’ उनले भनेका छन् ।
उनले निश्चित व्यापारिक घरानालाई पोस्ने गरी करार खेती भित्र्याउन सरकार दत्तचित्त भएर लागेको भन्दै यो नेपालको संविधान २०७२ मा उल्लेखित खास सम्प्रभुताको विरुद्ध रहेको समेत बताए ।
‘करार खेती भनेको एक किसिमको कर्पोरेट मोडकलको कृषि कार्य हो, जहाँ व्यापारिक म्पनी हावी हुन्छन् र कृषक समुदाय पूर्णतः विस्थापित हुन्छन् । भारतदेखि युरोपेली मुलुकका किसानहरू यस्तो खेती प्रणालीबाट प्रताणित छन् । कतिपय मुलुकमा किसान यस्तो खेती प्रणालीविरुद्ध छन् ,’ विज्ञप्तिमा उल्लेख छ ।















बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया