महामारीले वातावरणमा पुर्याएको फाइदा

काठमाडाैँ । महामारीको शुरुवाती दिनका केही उल्लेखनीय दृश्यहरू छन् । सार्वजनिक स्वास्थ्य र निषेधाज्ञा (लकडाउन)ले अर्थतन्त्रमा प्रभाव पारेका बेला सबैको ध्यान आकर्षित गर्ने दृश्य हिमाली क्षेत्रको थियो । ती दृश्य अचानक उत्तरी भारतबाट देखिएका थिए । अविश्वनीय रुपमा केही स्थानीयहरूले आफ्नो जीवन कालमा पहिलोपटक विशाल हिमाली श्रृङ्खला देखेका थिए ।
कुनै पनि विषयमा आफू स्पष्ट हुन कहिले ढिलो हुँदैन । महामारीले एउटा अभियानलाई पुनर्जीवित गर्यो जसको जरा १८ औँ शताब्दीमा छ । त्यो समयमा पहिलोपटक ‘दीर्घ कालीनता’ भन्ने शब्दको (जर्मनबाट) प्रयोग भएको थियो । जसले वन विज्ञानका सम्बन्धमा नयाँ तरिका अपनाउनु पर्ने अभिप्राय राखेको थियो । निरन्तर कटानीमा परेका वनलाई स्थिरता कसरी प्रदान गर्ने भन्ने उद्देश्यसहित उक्त वाक्यको जन्म भएको थियो । यो अभियानको मूलप्रवाहमा सन् १९८७ मा आएको थियो, ‘हाम्रो साझा वन प्रतिवेदन’का नाममा । यो संयुक्त राष्ट्रसंघले अघि सारेको अभियान थियो ।
उक्त अभियान नर्वेका प्रधानमन्त्री ग्रो हालेम ब्रेटलेडको निगरानीमा थियो । अभियानले ‘दीर्घ कालीन अर्थतन्त्र’का सवालमा एक महत्वपूर्ण लक्ष्य लिएको थियो । यसले हामी माझ विकासका सर्न्दभमा दीर्घ कालीन परिभाषा दियो । ‘विकास भनेको भविष्यको पुस्ताको आवश्यकतालाई खलल नपुर्याउने तवरमा वर्तमानको आवश्यकतालाई सम्बोधन गर्नु हो ।’

इतिहासकारले गत वर्षलाई इतिहासको एक महत्वपूर्ण पानी ढलोका रुपमा लिनेछन् । हुनसक्छ, उनीहरूले नयाँ युगको शुरुवातका हिसाबमा पनि गत वर्षलाई लिन सक्छन् । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण अर्थतन्त्रमा आएको सुस्तताले अनजानमा नै उत्र्सजनमा कमी ल्याएको छ भने सरल जीवनलाई प्रेरित गरेको छ । सांस्कृतिक मूल्यको पुनः मूल्यांकन र हाम्रो वैश्विक औद्योगिक समाजको बक्र रेखा नै परिर्वतन गरेको छ ।
धेरै हिसाबले स्थिरता एक सफल कथा पनि हो । यसले पुनः प्रयोग गर्न सकिने उर्जामा अभूतपूर्व वृद्धि ल्याएको छ । यसले स्थानीय र अर्गानिक खाद्य बजारलाई बढाएको छ । प्लास्टिकजन्य वस्तुको प्रयोग एकपटक मात्रै गर्नु पर्नेमा जोड दिएको छ भने सरकार र सरकारी तथा गैर-सरकारी संघ संस्थालाई त्यस विषयमा प्रतिबद्ध बनाउन सहयोग पुर्याएको छ । केट रावोथको ‘दुनोट अर्थशास्त्र’ जस्तो सिद्धान्त जसलाई एम्स्टर्डमको शहरले अनुशरण गर्दा यस्ता विचारको उदयले थप अनुकुलता पायो ।
यसका अलावा स्थिरताले उपभोक्ताको व्यवहारमा व्यापाक प्रभाव पारेको छ । इएसजी लगानीकर्ता (जसले वातावरण, समाजिक खुसीयाली र सुशासन)मा बढी जोड दिन्छन् उनीहरूले सन् २०२० मा ५१ दशमलव १ बिलयन बराबरको लगानी भित्र्याएका छन् । उपभोक्ताले आफ्नो मूल्य लगानी र खर्चमा देख्न चाहन्छन् ।
सन् २०१६ को पेरिस जलवायु परिर्वतनसम्बन्धि सम्झौता दीर्घ कालीनको एक प्रकारको जीत थियो । तर, विश्वका सबै देशलाई एकै स्थानमा ल्याउन उसलाई निकै समय लाग्यो ।
यद्यपि, स्थायीत्वसम्बन्धि अभियानले सबैभन्दा जल्दोबल्दो समस्याको समाधान गर्नबाट भने चुकेको छ । अभियानले अर्थतन्त्र र वातावरणसम्बन्धि आजका चुनौतीको सामना गर्न सकेको छैन । यस्तै, जलवायु परिर्वतन र जीवाष्मा इन्धनबाट सञ्चालिन अर्थतन्त्र यसको विकासको प्रमुख स्थानमा बसेका छन् । त्यसैले अभियानकर्ता र जलवायु वैज्ञानिकहरूको चिन्ता प्रायः समान बनेको छ ।
सन् २०१६ को पेरिस जलवायु परिर्वतनसम्बन्धि सम्झौता दीर्घ कालीनको एक प्रकारको जीत थियो । तर, विश्वका सबै देशलाई एकै स्थानमा ल्याउन उसलाई निकै समय लाग्यो । दीर्घ कालीनता सन् २००० सम्म मूलधारमा थिएन । न त, यसलाई सबैले प्राथमिकतामा राखेका थिए ।
त्यसअघि स्थायीत्वका विषयमा काम गर्न केही स्वार्थ समूहको दबाब थियो । त्यसमा केही जलवायु वैज्ञानिक, उर्जा विशेषज्ञ, केही नीति निर्माता, पर्यावरण अर्थशास्त्री र साधरण जीवनका विषयमा वकालत गर्ने वातावरणवादमा प्रेरित व्यक्ति थिए ।
नतिजा स्वरुप इतिहासका प्रमुख घटनाक्रम संस्थागत हुन्छन्, पद्धतिगत हिसाबमा जसको प्रकृति तलदेखि माथिसम्म हुन्छ । उदाहरणका लागि सन् १९८७ को मेन्टेरियल अभिसन्धि- जसले ओजन क्षयीकरण गर्ने पदार्थलाई निषेध गर्यो । यस्तै, सन् १९८८ को जलवायु परिर्वतनसम्बन्धि अन्तर सरकारी सूची र सन् १९९२ को रियो अर्थ सम्मेलन । यी घटना क्रमको फाइदा प्रभावकारी छन् । तर, मूल रुपमा जुन उद्देश्य प्राप्त गर्न खोजिएको थियो, त्यो भने प्राप्त भएन । सन् २०३० को जलवायु परिर्वतनले हामीसमक्ष केही लक्ष्य दिएको छ । हामीमाझ रहेको प्रमुख संकटहरू समाधान गर्न नसक्दा महामारी कुनै न कुनै रुपमा रहनुपर्छ जस्तो लाग्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामीसामु रहेको महामारीका बाबजुत स्थायीत्वलाई कसरी अगाडि बढाउने भन्ने हो । यस्तो अवस्थामा सबैभन्दा धेरै फाइदा कसरी लिने भन्ने हो । मिलानदेखि मेक्सिको शहर र मुम्बईले देखिने हिसाबमा आधुनिक यात्राका लागि कदम चालेका छन् ।
त्यसक्रममा साइकल हिड्ने नयाँ लेनदेखि ‘१५ मिनेटको शहर’ परिकल्पना गरिएको छ । यर्थाथपरक लक्ष्य भनेको सबै समुदायलाई एकै स्थानमा ल्याएर नयाँ र दीर्घ कालीन भविष्यको स्वास्थ्य सेवा, आपत कालीन सेवा र न्यूनतम आवश्यकताका विषयका लागि योजना बनाउनु हुने छ । एक अनुसन्धानका अनुसार दुई तिहाई युरोपियनहरू महामारी पूर्वको वायु प्रदूषणको युगमा आफूहरू फर्किन नचाहेको बताएका छन् । यो सपनाले तब मात्र मूर्त रुप लिनेछ, जब त्यसका लागि प्रभावकारी कदम चालिनेछ ।
आर्थिक विकासले हाम्रो जलवायुसम्बन्धि संकटलाई समाधान गर्दैन र गर्न सक्दैन भन्नु अब कुनै गल्ति हुने छैन । २०२० को शरद ऋतुबाट २०२१ को शुरुवातसम्म विश्वभरमा कार्वन उत्र्सजन दशकमै पहिलोपटक कम भएको थियो । औसतमा २६ प्रतिशतले गिरावट आएको थियो । तर, २०२१ को तथ्यांकले उत्र्सजनमा वृद्धि हुन थालेको देखाएको छ ।
हवाई यातायात पूर्ण रुपमा सुरक्षित भने छैन । मानिसले धेरै हवाई यात्रा गर्न छोड्नु पर्छ अथवा एकदमै आवश्यक परेको बेलामात्रै गर्नुपर्छ ।
सन् २००८ को आर्थिक मन्दीले उत्र्सजनमा कमी आएको देखाएको थियो । तर, सोभियत संघको विघटनपछि हामीले त्यसमा निरन्तर कमी आएको देखेका छैनौँ । सोभियत संघको विघटनले अस्थायी रुपमा अर्थतन्त्रमा मन्दी छाएको थियो । हामीले फेरि यो समस्यालाई झेल्नु पर्नेछ । जति धेरै उत्पादन हुन्छ, त्यति धेरै उत्सर्जन हुन्छ । हामी उत्तरी धुव्रमा बस्ने समृद्ध देशहरूले आर्थिक विकासविनाको समृद्धिका विषयमा सोच्नु पर्ने बेला आएको छ ।
उर्जा क्षेत्रबाट पनि बाचा बाध्ने गरिएको छ । महामारीका दौरान कच्चा तेलको मागले उच्चतम बिन्दु छोएको देखिन्छ । सन् २०२० मा तेलको माग करिब ९ प्रतिशतले कमी आयो । तेलको मागमा वृद्धि भइसके पनि यो स्पष्ट भइसक्यो कि हामीले विश्वव्यापी रुपमा तेलको मागको उच्च बिन्दु देखिरहेका छौँ । कच्चा तेलको मागपछिको युग कस्तो होला कसैले अनुमान गरेको छ ? महामारीपछि के स्पष्ट भएको छ, भने हवाई यातायात पूर्ण रुपमा सुरक्षित भने छैन । मानिसले धेरै हवाई यात्रा गर्न छोड्नु पर्छ अथवा एकदमै आवश्यक परेको बेलामात्रै गर्नुपर्छ । उदाहरणका लागि परिवारमा निधन भएको अवस्थामा ।
महामारीपछिको अवस्थालाई हेर्ने हो भने हामीले भोगेको त्रासदीबाट जीवनका लागि केही पाठ सिक्नु पर्ने हुन्छ ।
खुसीको कुरा जीवाष्मा तेल उत्पादक कम्पनीहरूलाई आफ्नो सीमा तोकिएको छ । तेल उत्पादक कम्पनी सेललाई ऐतिहासिक रुपमा उत्र्सजन कम गर्न अदालतले आदेश दिएको छ । भण्डाफोर अभियान दैनिक सञ्चाल भइरहेको छैन । केही दबाबपछि अबको दुई दशकमा जीवाष्मा तेलको प्रयोगमा निकै कमी आउनेछ । चीनले यसमा आफ्नो कदम राखिराखे पनि तेल प्रयोगमा कमी आउनेछ ।
यदि, महामारीपछिको अवस्थालाई हेर्ने हो भने हामीले भोगेको त्रासदीबाट जीवनका लागि केही पाठ सिक्नु पर्ने हुन्छ । आउनुहोस्, हामी कार्बन कम लागत, कम खर्च र साधारण खुसीका लागि अघि बढौँ । त्यसले मात्रै हामीलाई असल रुपमा स्थायी खुसी प्रदान गर्छ ।
(डा. जेरेमीएल कैराडोना विक्टोरिया विश्वविद्यालयमा वातावरण म्बन्धि अध्यापन गर्छन् । २१ जुन २०२१ मा द गार्जियनमा प्रकाशित उनको यो लेख भावानुवाद गरी प्रकाशित गरिएको हो ।)










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया