आइतबार, फागुन १०, २०८२

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकब जुमालाई १५ महिना जेलसजाय

मेरोन्यूज २०७८ असार १५ गते १५:२५

एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमालाई १५ महिना जेल सजाया सुनाईएको छ । अदालतको अपहेलना गरेको अभियोगमा उनलाई जेल सजाया सुनाइएको विविसले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

संवैधानिक अदालतले उनलाई राष्ट्रपति भएको बेला भ्रष्टाचार सम्बन्धी छानबिनमा उपस्थित हुन भनेपनि अदालतको आदेशलाई अस्वीकार गरेपछि उनी माथी अपहेलनामा दोषी करार गदै यो जेल सजायाको निर्णय अदालतले सुनाएको हो ।

जुमाको शासन जुन २०१८ मा समाप्त भएको थियो ।

अदालतले अपहेलनामा उनलाई १५ महिना जेल सजाया सुनाएपनि उनलाई पक्राउ गरिने या नगरिने भन्नेमा भने केही नखुलेको पनि विविसिले जनाएको छ ।

प्रतिक्रिया