प्रतिनिधिसभा विघटन मुद्दामा आजको सुनुवाई सकियो
मेरोन्यूज
२०७८ असार १५ गते १६:२४

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आजको सुनुवाई सकिएको छ । आजको बहसमा सरकार पक्षका चारजना नायव महान्यायाधिवक्ताले बहस गरेका छन् ।
आज नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेय, विश्वराज कोइराला, डा। टेक बहादुर घिमिरे र श्याम कुमार भट्टराईले बहस गरेका छन् । सरकार पक्षलाई छुट्याइएको १५ घण्टा मध्ये १ घण्टा सभामुख अग्नि प्रसाद सापकोटाका कानुन व्यवसायीका लागि छुट्याइएको छ ।
संवैधानिक इजलासले सरकार पक्षलाई दिएको समय मध्ये अब ७ घण्टा ५५ मिनेट बाँकी रहेको छ । शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधि सभाको पुनस्थापना गर्न माग गर्दै विपक्षी गठबन्धनको तर्फबाट १ सय ४६ जनाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
निवेदक तर्फको बहस सकेको छ ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया