एमालेको महाधिवेशन कमिटी बैठकमा निष्कासितबाहेक सबैलाई निम्तो

काठमाडौँ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूलाई पनि बोलाइएको छ ।
बुधबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरूलाई पनि निम्तो दिइएको एमालेले जनाएको छ ।
पछिल्लो समयमा पार्टीले कारबाही गरेका ११ नेताबाहेक अरुलाई बैठकमा बोलाएको एमाले केन्द्रीय पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले मेरोन्युजलाई बताए । उनका अनुसार कारबाहीमा परेका वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्कालगायत ११ जनालाई बोलाइएको छैन ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा नेता खनाल–नेपालसहितका ११ नेतालाई पार्टीबाट निष्कासन गरेका थिए । निष्कासनमा परेकाबाहेक सबैलाई बैठकमा बोलाइएको तामाङले जानकारी गराए । बुधबार बिहान बस्ने बैठकले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई विघटन गरी एमालेलाई २ जेठ २०७५ को अवस्थामा फर्काउने तयारी छ । बुधबार बस्ने बैठकका एजेण्डा बनाउन अहिले एमाले स्थायी कमिटीको बैठक बस्दै छ ।
गत फागुन २८ गते अध्यक्ष ओलीले ९ औँ महाधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर दशौँ महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए । त्यसपछि एमालेमा विवाद हुँदै आएको छ, भने सर्वोच्च अदालतले पनि उक्त कमिटीलाई मान्यता दिएन ।
एमाले पार्टी एकता गर्न र सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न ओली पार्टीेलाई २ जेठ २०७५ को अवस्थामा लगेर पार्टी कमिटी विधान र नेतृत्व कायम गर्ने तयारी गरेका छन् ।















स्याङ्जामा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
ऋषि धमलाले रौतहट-४ मा गराए उम्मेदवारी दर्ता
सोविता गौतमले चितवन-३ बाट गराइन् उम्मेदवारी दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया