एमालेको महाधिवेशन कमिटी बैठकमा निष्कासितबाहेक सबैलाई निम्तो

काठमाडौँ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूलाई पनि बोलाइएको छ ।
बुधबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरूलाई पनि निम्तो दिइएको एमालेले जनाएको छ ।
पछिल्लो समयमा पार्टीले कारबाही गरेका ११ नेताबाहेक अरुलाई बैठकमा बोलाएको एमाले केन्द्रीय पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले मेरोन्युजलाई बताए । उनका अनुसार कारबाहीमा परेका वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्कालगायत ११ जनालाई बोलाइएको छैन ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा नेता खनाल–नेपालसहितका ११ नेतालाई पार्टीबाट निष्कासन गरेका थिए । निष्कासनमा परेकाबाहेक सबैलाई बैठकमा बोलाइएको तामाङले जानकारी गराए । बुधबार बिहान बस्ने बैठकले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई विघटन गरी एमालेलाई २ जेठ २०७५ को अवस्थामा फर्काउने तयारी छ । बुधबार बस्ने बैठकका एजेण्डा बनाउन अहिले एमाले स्थायी कमिटीको बैठक बस्दै छ ।
गत फागुन २८ गते अध्यक्ष ओलीले ९ औँ महाधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर दशौँ महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए । त्यसपछि एमालेमा विवाद हुँदै आएको छ, भने सर्वोच्च अदालतले पनि उक्त कमिटीलाई मान्यता दिएन ।
एमाले पार्टी एकता गर्न र सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न ओली पार्टीेलाई २ जेठ २०७५ को अवस्थामा लगेर पार्टी कमिटी विधान र नेतृत्व कायम गर्ने तयारी गरेका छन् ।
















तीन महिनाका लागि एन्फा निलम्वन
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया