आसन्न महाधिवेशनका बारेमा वरिष्ठ नेता पाैडेलले गरे आफू निकट जिल्ला सभापतिसँग छलफल
मेरोन्यूज
२०७८ असार १५ गते २१:५७

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न महाधिवशेनका बारेमा जिल्ला सभापतिहरुसँग छलफल गरेका छन् । मंगलबार साँझ चावहिलमा आफुनिकट काठमाडौँमा उपलब्ध जिल्ला सभापतिहरुसँग उनले छलफल गरेका हुन् ।
आगामी भदाैमा कांग्रेसकाे १४औं महाधिवेशन ताेकिएकाे छ । महाधिवेशन निजकिएसँगै नेताहरूले निकटस्थसँग छलफल तीव्र पारेका छन् । कांग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक काेइराला र प्रकाशमान सिंहले पनि केन्द्रीय सदस्यसँग छलफल गर्ने भएका छन् ।
आसन्न महाधिवेशन, सदस्यता वितरणलगायत विषयमा आज छलफल गरेका नेता त्रयले आगामी शुक्रबार सबै केन्द्रीय सदस्यलाई छलफलमा बाेलाएका छन् ।
सम्बन्धित
















चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
प्रतिक्रिया