आसन्न महाधिवेशनका बारेमा वरिष्ठ नेता पाैडेलले गरे आफू निकट जिल्ला सभापतिसँग छलफल
मेरोन्यूज
२०७८ असार १५ गते २१:५७

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न महाधिवशेनका बारेमा जिल्ला सभापतिहरुसँग छलफल गरेका छन् । मंगलबार साँझ चावहिलमा आफुनिकट काठमाडौँमा उपलब्ध जिल्ला सभापतिहरुसँग उनले छलफल गरेका हुन् ।
आगामी भदाैमा कांग्रेसकाे १४औं महाधिवेशन ताेकिएकाे छ । महाधिवेशन निजकिएसँगै नेताहरूले निकटस्थसँग छलफल तीव्र पारेका छन् । कांग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक काेइराला र प्रकाशमान सिंहले पनि केन्द्रीय सदस्यसँग छलफल गर्ने भएका छन् ।
आसन्न महाधिवेशन, सदस्यता वितरणलगायत विषयमा आज छलफल गरेका नेता त्रयले आगामी शुक्रबार सबै केन्द्रीय सदस्यलाई छलफलमा बाेलाएका छन् ।
सम्बन्धित









उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
जेनजी आन्दोलनका घाइतेले गरे माइतीघरमा धर्ना
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया