एमालेभित्रको विवाद मिलाउने प्रयासमा ओली
ओली समूह बालुवाटारमा बैठक बस्दै गर्दा नेपाल समूह ललितपुरमा छलफल गर्दै

काठमाडौँ । नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेका बेला नेता माधव नेपाल समूहका नेताहरूको बैठक ललितपुरमा शुरु भएको छ । ललितपुर बालकुमारीस्थित नेता कृष्णलाल महर्जनको निवासमा नेपाल समूहका स्थायी समिति सदस्यहरूको बैठक बसेको हो ।
ओली पक्षले पार्टीको महाधिवेशन आयोजक कमिटीलाई भंग गर्दै २०७५ जेठ २ गतेको पार्टी संरचना ब्यूँताउने निर्णय स्थायी समिति बैठकबाट गरिसकेको छ । आज बालुवाटारमा बसिरहेको महाधिवेशन आयोजक कमिटीको बैठकले आयोजक कमिटीलाई भंग गरेर एमालेलाई पुनः केन्द्रीय समितिकै संरचनामा फर्काउने छ ।
त्यसो गर्दा नेकपा माओवादी केन्द्र छोडेर आएका रामबहादुर थापा (बादल)लगायतका नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्नेमा पनि छलफल हुने बताइएको छ ।
नेपाल पक्षले महाधिवशेन आयोजक कमिटीलाई नचिन्ने भन्दै एमाले र माओवादी एकता भंग भएपछि पार्टी पुरानै संरचनामा फर्किएर क्रियाशील हुनु पर्ने बताउँदै आएको थियो । तर, नेपाल पक्षको यस्तो मागमा ओलीले सुने नसुने झै अटेर गर्दै आएका थिए ।
तर, सर्वोच्चले महाधिवेशन आयोजक कमिटीले गरेका निर्णय केन्द्रीय कमिटी सरह नहुने बताएको र पार्टीभित्र पनि एमाले एकताका लागि लचक हुन ओलीमाथि दबाब बढेपछि उनी आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटी पुरानै अवस्थामा फर्काउन तयार भएका हुन् ।
आयोजक कमिटी भंग गरेर केन्द्रीय समितिको बैठक बोलाउने तयारी भएपछि अब नेपाल समूह के गर्ला ? अहिले सबैको चासो त्यतै छ । आयोजक कमिटीमा नेपाल पक्ष भने सहभागी छैन ।
नेपाल समूहका नेताहरू कृष्णलाल महर्जनको निवासमा अबको रणनीति के बनाउने भन्नेमा छलफलमा जुटेका हुन् । यो छलफलले ओली पक्षको महाधिवशेन आयोजक कमिटीको बैठकको निर्णय हेर्ने र थप रणनीति बनाउने तयारी गरेको सहभागी एक नेताले बताए ।
नेता नेपाल समूहको छलफलमा ओलीले चालेको पछिल्लो कदम र आफूहरूको आगामी रणनीतिमा केन्द्रीत रहेर छलफल भइरहेको छ ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया