प्रधानन्यायाधीशको प्रश्न : देउवाले अन्य सांसदको समर्थन लिएर जाँदा कसरी गल्ती ?
मेरोन्यूज
२०७८ असार १७ गते १३:१३

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस जारी छ । निवर्तमान महान्यायाधिवक्ता अग्नि खरेलले आज गरिरहेका छन ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीमा दाबी गर्न कांग्रेस सभापति तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले कांग्रेस, माओवादी र अन्य सांसदको समर्थन लिएर जाँदा कसरी गल्ती भयो भनी प्रश्न गरेका छन् ।
उक्त बहसमा खरेलले प्रतिनिधिसभा विघटन र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगर्नु सही रहेको तर्क गरिरहेका बेला प्रधानन्यायाधीश जबराले यस्तो प्रश्न गरेका हुन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १ सय ४६ जनाले दायर गरेको मुद्दामा संवैधानिक इजलासमा बिहीबार पनि निरन्तर सुनुवाइ भइरहेको छ ।
सम्बन्धित












सुनचाँदीको मूल्य निरन्तर उकालोतिर, आज ताेलामा कति ?
हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
प्रतिक्रिया