पार्टीभित्रको विवाद सहमतिमा पुग्ने एमाले नेताहरुको दाबी

काठमाडौं । एमालेभित्रको आन्तरिक विवाद निरुपण गर्न लागिपरेका दोस्रो पुस्ताका नेताहरुले आज साँझसम्म सहमतिमा पुग्ने दाबी गरिरहेका छन् । अहिले विहान दुवै पक्षका नेताहरुबीच भएको छलफलपछि सो दावी गरेका हुन् । एमालेमा सहमती खोज्न बिहानैदेखि बसेको कार्यदलको बैठकसाँझ चारबजे बस्ने गरी अहिले दुवै पक्षका नेताहरु बैठकबाट उठेका छन् ।
छलफल सकारात्मक मोडमा अघि बढेकोले दोहोर्याएर बस्न लागिएको कार्यदलका एक सदस्यले बताए । उनका अनुसार केही प्राविधिक कुराहरु मात्रै सहमतिमा पुग्न बाँकी रहेकाले आज साँझ सम्म केही बुँदामा सहमति हुनेछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षले महाधिवेशन आयोजक कमिटी भंग गरी असार १८ गते केन्द्रीय कमिटीको बैठक आयोजना गरेपछि त्यसबारेमा धारणा बनाउन माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै छ ।
कार्यदलमा रहेका नेताहरु सो बैठकमा सहभागी हुन जानु पर्ने भएकोले अहिलेको बैठक कुरा नटुंगिदै स्थगित भएको हो । नेपाल पक्षले यथास्थितिमा ओलीले बोलाएको बैठकमा सहभागी नहुने प्रारम्भिक धारणा सार्वजनिक गरिरहेका छन् । संस्थापन पक्षका नेताहरुले बैठकमा नकारात्मक अभिव्यक्ति नदिन माधव नेपाललाई सजग गराउन सम्झाउन आग्रह गरेका छन् । ‘सहमतिको नजिक पुगेको बेला नकारात्मक अभिव्यक्ति दिएर वातावरणलाई विथोल्न हुदैन भनिरहेका छौ’, एक नेताले भने ।
नेपाल पक्षका केही नेताहरु अहिले ओली पक्षसँग मिल्दा सबै हिसाबले घाटा हुने भन्दै ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा जान नहुने बताइरेका छन् । नेपाल पक्षको बैठकले नै पार्टीमा सहमती गर्ने निर्णय गरेर भोलि आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुने अपेक्षा संस्थापनको भएपनि नेपाल पक्षले भने यही अवस्थमा बैठकमा सहभागिता जनाउने वा के गर्ने भन्ने बारेमा धारणा सार्वजकि गर्न बैठक राखेको छ । तीन महिना सम्म चलेको रस्साकस्सीपछि आन्तरिक विवाद समाधान गर्न २०७५ जेठ २ गते अघिका सबै कमिटी व्यूताएर अघि बढ्ने गरी ओलीले असार १८ गतेलाई केन्द्रीय कमिटी बैठक राखेका हुन् ।
एमालेभित्र आन्तरिक विद्रोह गरिरहेको नेपाल समूहले पार्टीका सबै संरचना २०७५ जेठ गते अघि फर्काउनु पर्ने प्रमुख माग गरेको थियो । ओलीले त्यसलाई वेवास्था गरेपछि नेपाल समूहले समानन्तर कमिटी बनाएर चुनौति दिएको थियो । देशभर नेपाल समूहले समानन्तर कमिटी बनाउनेदेखि विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन समेत नेपाल समूह लागेपछि ओलीले सबै कुरा छाडेर अब पार्टीको विवाद मिलाउने भन्दै केही दिनमै पार्टीका सबै कमिटी पुरानै अवस्थामा पुर्याउने निर्णयमा ओली पक्ष अघि बढेको छ ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया