सातौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलन शुरु

काठमाडौं । सातौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलन शुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को आयोजनामा भएको उक्त वैज्ञानिक शिखर सम्मेलन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले सातौँ भर्चुअल स्वास्थ्य तथा जनसङ्ख्या सम्मेलन उद्घाटन गरेका हुन् । उक्त शिखर सम्मेलन दुई दिन चल्ने छ । सम्मेलनको दोस्रो दिन स्वास्थ्य तथा जनसङ्ख्याका विभिन्न ६ वटा विधाहरूमा प्रस्तुति रहनेछ । पहिला मातृ शिशु,नवजात शिशु, बाल स्वास्थ्य तथा ज्येष्ठ नागरिक स्वास्थ्य, दोस्रोमा कार्यान्वयात्मक अनुसन्धान, तेस्रोमा सङ्क्रामक रोगहरू, चौथो पोषण, पाँचौँ मानसिक स्वास्थ्य र दुर्व्यसन, छैटौँ वातावरणीय स्वास्थ्य, औषधीजन्य र बायोमेडिकल अनुसन्धानलगायतका गहन विषयहरू प्रस्तुति तथा छलफल हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।
सम्मेलनमा ४७ वटा अनुसन्धानमूलक कार्यहरूको मौखिक प्रस्तुति हुनेछ । सम्मेलनमा १९ वटा पोस्टर प्रस्तुति हुनेछन् भने २४ वटा आमन्त्रित प्रस्तुति रहने छ । सम्मेलनको पहिलो दिन आज कोभिड—१९, जनस्वास्थ्य सङ्कट, नसर्ने रोगहरू तथा स्वास्थ्य प्रणाली र नीति सम्बन्धी आमन्त्रित विज्ञ र प्रस्तुतिकर्ता प्रस्तुति दिइरहेका छन् ।










पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल
पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त सभामुख यादवले भने- ‘निष्पक्ष भूमिका निभाउने छु’
बिज एजुकेशनका ब्रान्ड एम्बेसडर बने क्रिकेटर हेमन्त धामी
भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु
साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया