राष्ट्रिय योजना आयोगका सदस्य गिरीद्वारा पदभार ग्रहण
काठमाडौं । नवनियुक्त राष्ट्रिय योजना आयोगका सदस्य राजबहादुर गिरीले परम्परागत ज्ञान र सिपलाई आधुनिकीकरण गर्न नसके देशलाई विकासको बाटोमा अघि बढाउन नसकिने बताएका छन् ।
बिहीबार राष्ट्रिय योजना आयोगको सदस्यको रुपमा सपथ ग्रहण गरेसँगै सञ्चारकर्मिसँग संक्षिप्त प्रतिक्रिया दिदैँ सदस्य गिरीले नेपालमा प्रशस्त स्रोत र साधन भएको बताए ।
स्रोत र साधनलाई विकासमा रुपान्तरण गर्न परम्परागत ज्ञान र सिपलाई आधुनिकीकरण गर्नुपर्ने तर्क उनको थियो । उनले परम्परागत ज्ञान र सिपलाई आधुनिकीकरण गरी देशलाई विकासको बाटोमा अगाडी बढाउन आफ्नो ध्यान केन्द्रीत रहने बताए ।
उनले भने – ‘हामीसँग प्रशस्त स्रोत, साधनहरु छ । स्रोत–साधनलाई विकासमा कसरी रुपान्तरण गर्ने यो कुरामा जबसम्म समुदायका मानिसहरुलाई परम्परागत ज्ञान, भइरहेको सिप, आधुनिकीकरण गरेर अघि बढ्न सक्दैनौँ । तबसम्म विकासमा हामी अगाडी बढ्न सक्दैनौँ । यो कुरामा रुपान्तरणका लागि मेरो ध्यान रहनेछ ।’
उनले आफ्नो विज्ञता, योग्यता र अनुभवहरु राज्यको विकासका योजना बनाउने कामका लागि महत्वपुर्ण हुने वश्वास व्यक्त गरे ।
















पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया